काठमाडौँ : जपानमा जारी टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै रहेको छ ।
टोकियो ओलम्पिकको तेस्रो दिन आइतबारसम्म कुल ४० राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ ।
२९ स्वर्ण पदकको छिनोफानो हुँदा १६ राष्ट्रले स्वर्ण पदक जितको छन् । जसमा चीनले ६ स्वर्णसहित कुल ११ पदक जित्दै शीर्ष स्थानमा रहेको छ ।
यस्तै आयोजक जापान ५ स्वर्णसहित कुल ६ स्वर्ण जितेर दोस्रो स्थानमा रहेको छ ।
अमेरिका ४ स्वर्णसहित कुल १० पदक जितेर तेस्रो स्थानमा रहँदा दक्षिण कोरिया २ स्वर्णसहित ५ पदक जिदै चौथो स्थानमा रहेको छ ।
ओलम्पिकमा आइतबारसम्म स्वर्ण जित्ने अन्य राष्ट्रमा इटाली, अष्ट्रेलिया, फ्रान्स, अष्ट्रिया, ट्युनिसिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो, थाइल्याण्ड, उज्वेकिस्तान र रसियन ओलम्पिक कमिटि रहेका छन् ।
नेपालबाट यस ओलम्पिकमा पाँच खेलाडीले सहभागिता जनाएका छन् । दुई खेलाडी बाहिरिसकेका छन् ।
अब पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया थप्नुहोस्