टोकियो ओलम्पिक : जापान शीर्ष स्थानमा

काठमाडौँ : जपानमा जारी टोकियो ओलम्पिकमा आयोजक जापान शीर्ष स्थानमा रहेको छ । सोमबारसम्मको पदक तालिकामा जापान चीनलाई उछिन्दै पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

सोमबारसम्म कुल ५० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा २३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

ad

जसमा जापानले ८ स्वर्णसहित कुल १३ पदक जितेको छ । आइतबारसम्म चीन शीर्ष स्थानमा रहेको थियो । 

यस्तै दोस्रो स्थानमा उक्लिएको अमेरिकाले ७ स्वर्णसहित कुल १४ पदक जितेको छ । 

तेस्रो स्थानमा झरेको चीनको ६ स्वर्णसहित कुल १८ पदक रहेको छ ।

यस्तै रसियन ओलम्पिक कमिटि ४ स्वर्णसहित १२, ग्रेट ब्रिटेन ३ स्वर्णसहित कुल ७ पदक जितेर क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन् ।

यस्तै दक्षिण कोरिया ३, अष्ट्रेलिया र कोशोभोले २–२ स्वर्ण पदक जितेका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै