सेयर बजारमा नयाँ रेकर्ड, १४ कम्पनीको सेयर सर्किट लेभलमा वृद्धि

काठमाडौंः सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । 

साताको तेस्रो कारोबारको दिन नेप्से २९.२४ अंकले बढेर ३०७९.६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । 

ad

यसअघि आइतबार नेप्सले उच्च अंकमा पुगेको थियो । सो दिन ३०५८.६३  अंकमा रहेको बजारमा आज रेकर्ड बनेको हो । आज बजार सुरु हुनासाथ उच्च अंकले घटेको बजार अपरान्हपछि भने सम्हालिएको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज विभिन्न २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता सेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटन र व्यापार,बैंकिङ र माक्रोफाइनान्स बाहेकका सबै उपसूचक उकालो लागेको छ । 

सबैभन्दा बढी उत्पादन समूहको ४.७४ प्रतिशतले र हाइड्रोपावर समूहको ३.७५ प्रतिशतले बढेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै