काठमाडौँ : जपानमा जारी टोकियो ओलम्पिक पुरुष फुटबलमा ब्राजिलको यू–२३ टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको क्वाटरफाइनलमा इजिप्टलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको हो ।
ब्राजिलका माथिएस कुन्हाले एक गोल गरेका थिए । खेलको ३७औँ मिनेटमा उनले गरेको गोल नै ब्राजिलको जितका लागि निर्णायक बनेको थियो ।
ब्राजिलले अब सेमिफाइनलमा मेक्सिकोसँग खेल्ने छ । मेक्सिको दक्षिण कोरियालाई हराउँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया थप्नुहोस्