टोकियो ओलम्पिक : चीन शीर्षस्थानमा यथावत

काठमाडौँ : जापानमा जारी टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा यथावत रहेको छ । आइतबार नवौं दिनको खेल सकिदासम्म चीन पदक तालिकामा शीर्षस्थानमा यथावत रहेको हो ।

सुरुका दुई दिन शीर्षस्थानमा रहेर पाँचौं दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहेको चीन छैटौँ दिनपछि फेरि शीर्षस्थानमा फर्किएको हो । चीनले आइतबारसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य गरी कुल ५१ पदक जितेको छ ।

ad

यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाको २० स्वर्ण, २३ रजत र १६ कास्यगरी कुल ५९ पदक रहेको छ । तेस्रो स्थानमा झरेको आयोजक जापानले १७, स्वर्ण ५ रजत र ९ कास्यगरी कुल ३१ पदक जितेको छ ।

यसैगरी १४ स्वर्ण, ३ रजत र १४ कास्यगरी कुल ३१ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा उकिलएको छ । रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १२ स्वर्ण, १९ रजत र १३ कास्यसहित ४४ पदक जित्दै पाँचौ स्थानमा झरेको छ ।

इंग्ल्यान्ड १० स्वर्ण, १० रजत र १२ कास्यगरी कुल ३२ पदक जितेर छैटौं स्थानमा रहेको छ । फ्रान्स ५ स्वर्ण, १० रजत र ६ कास्यसहित २१ पदक जितेर सातौ स्थानमा उक्लदा दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ८ कास्यगरी कुल १७ पदक हात पार्दै आठौं स्थानमा रहेको छ ।

इटाली ४ स्वर्ण, ८ रजत र १५ कास्यगरी २७ पदकसहित नवौं स्थानमा रहँदा नेदरल्यान्ड्स ४ स्वर्ण, ७ रजत र ६ कास्यगरी १७ पदक जित्दै शीर्ष १० मा अटाएका छन् ।

जर्मनी, न्युजिल्यान्ड र चेक रिपब्लिकले समान ४ स्वर्ण जितेका छन् । क्यानडा, स्वीट्जरल्यान्ड र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १६ मा अटाएका छन् । ब्राजिल, चाइनिज ताइपेइ, हंगेरी, स्लोभेनिया, इक्वेडर, कोसोभो र कतारले दोहोरो स्वर्ण जित्न सफल भएका छन् ।

स्पेन, जर्जिया, रोमानिया, स्वीडेन, भेनेजुलएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, डेनमार्क, सर्विया, बेल्जियम, जमैका, नर्वे, पोल्यान्ड, ट्युनिसिया, आयरल्यान्ड, इजरायल, टर्की, बेलारुस, इस्टोनिया, फिजि, उज्वेकिस्तान, बर्मुडा, इथियोपिया, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स र थाइल्यान्डले एक–एक स्वर्ण पदक जितेका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५३ राष्ट्रले स्वर्ण जित्दा ७६ राष्ट्र पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै