खुकुरीको धारमा माधव नेपाल !

संजिव कार्की | [email protected]
सहज ,अन्योल र असमञ्जस  कस्तो हुन्छ ? त्यो यतिबेलाको माधव नेपालको स्थिति हेर्दा थाहा लाग्छ । किंकर्तव्यविमूढको कुनै परिभाषा र अर्थ छ । भने त्यो प्रष्ट पार्ने नियति  माधव नेपालले झेलिरहेका छन् । समस्याको भुमरीमा फसेको मान्छे कस्तो हुन्छ माधव नेपालको अवस्था र राजनीतिक यात्राले बताउँछ । 

माधव नेपालका हर कदम र निर्णय खुकुरीको धारमा छन् । थोरै मात्रै यताउता भए या चिप्लिए यसै हुन्छ ! भन्ने ठाउँ छैन । अक्करे भीरको कहालीलाग्दो यात्रामा अघि बढने ! या पछि हटेर पुरानै बाटोको यात्रामा लाग्ने ?  उत्तर सहज छैन । असहज पनि यति छ, कि दुवै तिर अघि बढे पनि , पछि हटे पनि सुरक्षित अवतरण मुस्किल छ । जता गए पनि राजनीतिक दुर्घटना र क्षति अवस्यमभावी छ । फरक यति हो कुन मन्जिल कम खतरापूर्ण र थोरै क्षति गर्ने हो । त्यो खुट्टयाउन धौधौ परेको छ । 

बलिया र आशा जगाउने भनिएका सारथीहरुले खुट्टा लर्बराए पछि माधवलाई यो असमञ्जस आई लागेको हो । एक्लै निर्णय गरौ निर्वल हुने सम्भावना  । सामुहिक निर्णय गरौ आफ्नो मान्यता र पूर्व अडान धुलिसात हुने डर । 
उसो त पार्टी बनाउन आफूसँग संसदीय दलमा र पार्टी केन्द्रमा ४० प्रतिशतको संख्या छैन । ४० प्रतिशत नहुँदा नयाँ पार्टी बनाइयो भने संसद पद जाने विद्यमान ऎनको प्रावधान छ । 

माधव नेपालका हर कदम र निर्णय खुकुरीको धारमा छन् । थोरै मात्रै यताउता भए या चिप्लिए यसै हुन्छ ! भन्ने ठाउँ छैन । अक्करे भीरको कहालीलाग्दो यात्रामा अघि बढने ! या पछि हटेर पुरानै बाटोको यात्रामा लाग्ने ?  उत्तर सहज छैन ।

प्रधानमन्त्री  शेरबहादुर देउवा मार्फत संसदमा आफ्नो अनुकुल हुने गरी अध्यादेश ल्याउन भनौं !  हिजो यही संसद छलेर अध्यादेश ल्याउने ओली सरकारको विरोध गरियो । जुन आफ्नो सैद्धान्तिक अडान र पूर्व मान्यताको विरुद्ध हुने  सँगै बसौं ओलीको पेलान र खन्खन कहिल्यै कमी हुँदैन । केन्द्र देखि गाउँ वडा तह सम्म , पार्टी भातृ संगठन सम्म चिरा परेर दुई खेमाको लडाइँ र चुलोमा धुवाँ पुतपुताएको छ । कत्रो आपद ? इतिहासको बडो बिडम्बना र टिठ लाग्दो राजनीतिक भविष्यको दोबाटोमा उभिएका देखिन्छन्,  माधव । 

ऐतिहासिक जिम्मेवारी र राजनीतिक रूपमा लिने निर्णयको गहन भारीले कुन बाटोबाट यात्रा तय गर्ने बिलखबन्धनमा छ्न उनी । तसर्थ चौबाटोको चौतारीमा उभिएर खुइय गर्दै लामो सास फेर्दै टोलाएर बसेका थकित भरियाको नियति माधवको जिन्दगीमा देखा परेको छ । 

विभिन्न बाटोका यात्रीहरु आफूसँग यात्रा गर्न आग्रह गरिरहेका छन् । भने उनी कुन साथी र कोसँगको यात्रा वा ओलीसँग नै पुनः यात्रा गरेर सुरक्षित बन्न सकिन्छ । भन्ने दोधार र दोसाँधमा छन् । पार्टी फुटाएर विद्रोह गर्ने आँट अनि तितो भुलेर आत्माआलोचित बन्दै क्षमा लिने र दिने फराकिलो छातीको अभावमा माधव कुनै बोल्ड डिसिजन गर्न सकिरहेका छैनन् । 

माधव नेपाल राजनीतिक जीवनको कठिन संक्रमण कालमा गुज्रदै छन् तर माधव कमजोर सैद्धान्तिक र राजनीतिक जगको मानिस पक्कै होइन ।


 माधवले कित्ताकाट गर्न नसकेको साइड इफेक्ट उनी र उनको दललाई मात्रै परेको छैन सम्पूर्ण राष्ट्रलाई परेको छ । देशभर शसक्त पार्टी सन्जाल भएको देशकै ठूलो पार्टीको विग्रहको असर सरकार ढाल्ने र नयाँ बन्ने प्रक्रिया सम्म आइपुगेर पनि नयाँ सरकार गठनमा माधवले निर्णय गर्न नसकेको अवस्थामा अनिर्णयको बन्दी देश र सरकार दुवै बनेका छन । 
माधवको आफ्नो सकस र बाध्यता छ ।  भने शेरबहादुरको सरकारलाई पूर्णता दिन नसक्ने अप्ठ्यारो एक अर्काका परिपुरक भएर बसेका छन् । 

माधव नेपाल राजनीतिक जीवनको कठिन संक्रमण कालमा गुज्रदै छन् तर माधव कमजोर सैद्धान्तिक र राजनीतिक जगको मानिस पक्कै होइन । नेकपा माले निर्माण देखि नेकपा एमाले र पछिल्लो कार्यकालको नेकपा स्थापनार्थ माधवले बगाएका पसिना केवल पानीका थोपा मात्रै थिएनन् । 

आज पनि माधवका अनुयायी पदचाप पछ्याउनेहरु समर्थक र शुभचिन्तक देशको कुनाकाप्चा सम्म अर्थात देशको सबै प्रशासकीय युनिट सम्म वस्तीवस्ती टोलटोलसम्म उत्तिकै छन् , तर नयाँ पार्टी बनाउन पार्टी बिभाजन गर्न खुट्टा कमाउनु परेको छ । कारण पार्टी फूट पछि मूल धार र पार्टीको चुनाव चिन्ह आफ्नो भएन भने पार्टीले चुनावमा भोग्ने  क्षति अत्यासलाग्दो हुनेछ । हुन त नेपाल कमरेड एक व्यक्ति मात्रै होइन एक संस्था पनि हुन । 

देशको पूर्व प्रधानमन्त्री र नेकपा एमालेको नेता पूर्व महासचिव र उपप्रधानमन्त्री  भएका कारण माधव नेपाललाई व्यक्तिमा सिमित गरियो भने अन्याय हुन जान्छ । तसर्थ माधव नेपालका हर कदम र चालिने स्टेप नेपालको भाग्य र भविष्यलाई प्रभावित गर्ने हुन्छ । व्यक्तिको भूमिका उसले निर्धारण गर्ने गलत र सही कदमको कारण संकुचित र व्यापक बन्न पुग्छ । 

माधव नेपालको अहिलेको दशा आफ्नो भूमिका र महत्त्व कसरी व्यापक हुन्छ त्यो पथ कुन हो पार्टीमा सरेन्डर गरेर ओलीको लात्ती भकुण्डो खाने कि नयाँ पार्टी निर्माण गरेर नयाँ चुनौतीको पहाड उक्लने ,  भोलिको राजनीतिक परिदृश्यको तस्वीर आजको क्यामेराले खिच्न कठिन भएको कारण माधव नेपाल अलमल दोधार र दोमनको पिङमा मच्चिएर बस्न बाध्य छन् । 

रामकुमारी झाँक्री र मेटमणि चौधरी र अखिलका जुझारु कार्यकर्ताको जोश क्रान्तिकारी स्प्रीट देख्दा त्याग लगाव र खबरदारी देख्दा जोसिएर जे परोस ओली बिनाको पार्टी बनाउने उर्जा पनि पलाउँछ होला ! तर आगामी चुनाव र परिणाम कल्पना गर्दा छाती उसै अमिलिन्छ चरक्क चिरा पर्छ होला !

चोरी भएको भोलिपल्ट जाग्रामको खास अर्थ हुन्न भने झैँ अब फेरि पनि सबै लाज सरम पचाएर र ओलीलाई पचाउन लगाएर सँगै टासिएर बस्नुको अर्थ छैन । राजनीतिक जोखिम मोलेर अर्को पार्टी गठन गरौ जोखिम मोल्ने बुता खिइदै गएको र भर परेकाहरु ओलीले हालिदिने टाटनाको हरियो घाँसमा बिक्ने स्थिति बनिसक्यो ? अब चुपचाप बस्नु र मिल्नु नै थियो ?  छ भने , यो रमिता सडकको गाली गलौज र छिः छिः दुर् दुर् गाँड कोराकोर , सडकमा अश्लील नाराबाजी गरेर ओलीलाई बालुवाटारबाट झारेर बालकोटको बार्द्लीमा बसेर बेस्सरी बर्बराउने बनाउनुको मतलव के थियो र ?  ओलीसँग भागशान्ति गरेर नै बस्नु ठिक थियो नि ?  केहीले लत्तो छोडे पनि 

रामकुमारी झाँक्री र मेटमणि चौधरी र अखिलका जुझारु कार्यकर्ताको जोश क्रान्तिकारी स्प्रीट देख्दा त्याग लगाव र खबरदारी देख्दा जोसिएर जे परोस ओली बिनाको पार्टी बनाउने उर्जा पनि पलाउँछ होला ! तर आगामी चुनाव र परिणाम कल्पना गर्दा छाती उसै अमिलिन्छ चरक्क चिरा पर्छ होला ! ओलीले गरेको अपमान र पिडा सम्झदा एक्लै  भए नि अर्कोतिर बस्छु र साथीहरू समेतलाई बिधि,पद्धति र नितिमा हिड्ने पार्टी बनाउन कन्भिन्स गर्छु जस्तो पनि लाग्दो हो ?  हैन कम्फर्ट जोन छोडेर सेफ जोनमा बसौ ओलीले गरेका सबै अपजस आफूले बोक्नु पर्ने र प्रतिगमनको नायक भनेको मान्छेलाई शिरमा राख्ने कुरा कुन मुखले स्वीकार गर्नु  ?  मिलेर नै गए पनि चुनावमा के मुखले भोट माग्नु ?  किन मिल्यौ र किन झगडा गर्यौ भन्ने प्रश्नको उत्तर कसरी फर्काउनु ?  अनैतिक भ्रष्ट भनिएकै मान्छेसँग कुम जोडेर कसरी भोट माग्नु ?  

करिब दुई तिहाई हुँदा सरकार चलाउन नसक्ने पार्टीलाई अब किन जिताउनु ? भन्ने प्रश्नको जबाफ फर्काउदा मुन्टो कसरी ठाडो रहला र जेनतेन मुन्टो घोप्टो पारेर उत्तर दिउला तर विश्वास कसले गर्ने र किन गर्ने ?  कति पेचिलो समय उफ १ राजनीति सरल रेखामा कमै र बक्र रेखामा बेस्सरी दौडधुप गर्छ तर अब राजनीतिलाई एउटा रेखामा जसरी दौडे पनि दौडाउनु जरुरी छ । निर्णय भोलि गरौला भनेर जति बिलम्ब गर्यो उति समयले पस्चातापको ज्वालामा पिल्साउछ । 

एकता या बिग्रह जे रोजे पनि दुवै अप्रिय निर्णय हुन । एकता सुन्दा प्रिय लागे पनि यस्तो विषम सम्बन्ध र भयानक आरोप प्रत्यारोप र सत्ताबाट भुइँमा पछारेको मान्छेसँग मिलन कति अनुकुल होला ?  त्यसैले मिल्नु पनि पृतिकर र स्वस्थ छैन । झन विग्रह फूट आफैमा असुन्दर कुरा त्यति सजिलो छैन फुटेर दाल उमाल्न ?  सूर्य  चिन्ह्को प्राबिधिक पक्षले पनि पार्टी कुन सबल र दूर्वल हुन्छ त्यो सोचनीय विषय छ । हुन त कलम चिन्ह राखेर पनि स्वतन्त्र हैसियतले अरु पार्टीको सहयोगमा राष्ट्रिय सभामा डाक्टर खिमलाल देवकोटा जिताएको नजिर आलै छ तर यो आगामी दिनको सहज चुनावी विजयको आधार होइन । अरु कयौ दृश्य अदृश्य कारण र तर्क, प्रमाण  र माध्यम चाहिन्छ चुनाव जित्न ? 

चुनाव जित्न चुनाव हार्न पनि तयार हुनुपर्छ । चुनाव हार्नु नै राजनीति समाप्त हुनु हैन तर हाम्रो जस्तो असंगत अभ्यास चुनावी जित नै सर्वेसर्वा जसले जसरी जिते पनि जित्यो र जान्यो भन्ने राजनीतिक प्रणाली भएको मुलुकमा चुनाव हार्नु भनेको सबैथोक गुम्नु हो । झन पार्टी फुटाएर चुनाव हार्नु भनेको राजनीति सकिनु र भावी दिन अरु चुनौतीपूर्ण र कठिन हुनु हो । यस्तो बेला पार्टी फुटाउने आँट मुर्खता र सोझै खाल्डोमा हाम फाल्नु जस्तै हो तसर्थ अलमल गर्दै समय गुजार्न विवस छन्, माधव नेपाल । मिल्यो भने माधव नेपालकै शव्दावली अनुसार ओलीले ओखलमा चामल फले झै फल्ने निश्चितै छ । 

माधव नेपालसँग नयाँ घरको डिजाइन गर्ने थुप्रै क्षमतावान इन्जिनियर र अनेकौं सीप र दक्षता भएका सिकर्मी,डकर्मी, ज्यामी, मजदुर, खेताला, सहयोगी, ऋणदाता र असल छिमेकीको साथ सहयोग छ । तर माधवमा  भएको बुतामा भने धमिरा लागेको भान भएको छ ।


नयाँ घर बनाउने या ओलीको पाउमा राजनीति समर्पण गरेर बस्ने बहुत दुविधा र अन्योलको घन चक्करमा माधव नेपालको मन मस्तिष्क रुमलिएको छ । ओलीको राजनीतिक 'कु' ले धराप भएको पुरानो रातो स्टिकर लागेको घर मर्मत गरेर बस्ने कि नयाँ राजनीतिक इन्जिनियरको साथ लिएर नयाँ घर निर्माण गर्ने घडेरी खन्ने ?  कुन राजनीतिक टालोले लाजको घुम्टो छोप्ने ? 

माधव नेपालसँग नयाँ घरको डिजाइन गर्ने थुप्रै क्षमतावान इन्जिनियर र अनेकौं सीप र दक्षता भएका सिकर्मी,डकर्मी, ज्यामी, मजदुर, खेताला, सहयोगी, ऋणदाता र असल छिमेकीको साथ सहयोग छ । तर माधवमा  भएको बुतामा भने धमिरा लागेको भान भएको छ । एक कम्युनिस्ट नाम धारी पार्टी भएको कारण तपाईंहरुले भन्ने समाजवाद परिकल्पना गर्ने साम्यवाद अब केवल हिङ बाँधेका टाला मात्रै हुन । 

ओलीलाई सत्ताच्युत गराएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवले ठूलो जुवा त खेलिनै  खेले नै ।   अब पार्टी समन्वय गरेर पुरानैमा बास बस्ने कि ! नयाँ बास रोज्ने ? यी दुइटा भयानक विषाद पूर्ण दुई विकल्प माधव नेपालको लागि बाँकी छन्  ।  भने अपवाद रोज्दा राजनीतिमा सन्यास घोषणा ।


केवल अब बाँकी वाद र सिद्धान्त छ भने त्यो स्वार्थवाद,स्वार्थ सिद्ध गर्ने अनेक तिकडम बाज मात्रै बाँकी छन । लाज पचाउने औसधि , लाज छोप्ने टालो र घृणा इरेज गर्ने इरेजर , सम्मान उमार्ने नर्सरी, पार्टी जोडने रसायन र वेल्डिङ गर्ने मेसिन जरुरी छ । 

माधव नेपाललाई दोश्रो रायमाझी र कम्युनिस्ट आन्दोलनको लाल गद्दार र गालीका जति शब्द आविस्कार गरिएका छन्, ती सबैबाट ओली र उनका खेमाले गाली लान्छना आरोप र बद्ख्वाइ गर्न छोडेका छैनन । भने ओलीलाई पनि जाने र सुने जति गालीका शव्द बाण माधव नेपाल खेमाले हानेर बाँकी केही राखेका छैनन् । शायद यही कुरा नै मिलन बिन्दुको शुरुआत त हुँदैन ? अब एकाअर्कालाई गाली गर्ने अर्को नयाँ शब्द छैनन् । अब मिलौ र जसरी गाली गरियो त्यसरी नै प्रशंसा गर्न शब्द अस्विकार गरौ , पार्टी  मिलाऔँ  । गाली पनि अचम्मै गर्न सक्ने र प्रशंसा पनि उल्कै गर्न सक्ने हामी कम्युनिस्ट 'यस्तै त हो नि ब्रो !' टाइपको भाष्य ।

ओलीलाई सत्ताच्युत गराएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवले ठूलो जुवा त  खेलिनै सके ।  अब पार्टी समन्वय गरेर पुरानैमा बास बस्ने कि ! नयाँ बास रोज्ने ? यी दुइटा भयानक विषाद पूर्ण दुई विकल्प माधव नेपालको लागि बाँकी छन्  ।  भने अपवाद रोज्दा राजनीतिमा सन्यास घोषणा । कुनै पनि विकल्प माधवका लागि कम खतरनाक छैनन् । खुकुरीको धारमा माधव नेपालको राजनीति यात्रा । 

पार्टी एकता , पार्टी फूट र राजनीतिबाट सन्यास यी तीन विकल्प सबै खुकुरीको धारमा यात्रा । कथं माधव नेपालले नेकपा एमाले  फुटाउने हिम्मत गरे , बृहत् कम्युनिस्ट केन्द्र निर्माण तत्काल प्रचण्ड माओवादी सँग पार्टी एकता र आगामी चुनावमा काङ्ग्रेस सँग समझदारी कायम नै राखेर चुनावमा गए कसैको पनि बहुमत प्राप्त भएन र माधव नेपालको पार्टीले पनि सिट कम तर संसद्को गणितलाई प्रभाव पार्ने परिस्थितिको रचना भयो भने सत्ता प्राप्तिको सिंढी चै दुरुहको कुरा नहुन सक्छ । राजनीति भनेको नै यस्तै खेल र हरेक कुरामा सम्भावनाको ढोका उघारै भएको प्रणाली हो ।

  

प्राप्त प्रतिकृयाहरू

राजन लेख्नुहुन्छ (२०७८ श्रावण २१ बिहीबार १०:०१ am )

ओलीका झोलेहरु,,,,, एमाले फट्दैन

अखिल शर्मा लेख्नुहुन्छ (२०७८ श्रावण २१ बिहीबार ०९:५८ am )

ओलीसंग अब मिल्नु हूँदैन । ओलीले एमाले समाप्त गरे । .....माधव नेपाल राजनीतिक जीवनको कठिन संक्रमण कालमा गुज्रदै छन् तर माधव कमजोर सैद्धान्तिक र राजनीतिक जगको मानिस पक्कै होइन ।......लेखकले यो कुरा सही गरे ।

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै