टोकियो ओलम्पिक : ३६ स्वर्णसहित चीन शीर्षस्थानमा

काठमाडौँ : जापानमा जारी टोकियो ओलम्पिकमा चीन ३६ स्वर्ण पदकसहित शीर्ष स्थानमा यथावत रहेको छ ।  शुक्रबारसम्म सम्पन्न खेलमा चीनले ३६ स्वर्ण, २६ रजत र १७ कास्यगरी ७९ पदक जितेको छ । 

चीनलाई पछ्याइरहेको अमेरिकाले ३१ स्वर्ण, ३६ रजत र ३२ कास्यगरी कुल ९९ पदक जितेको छ । तेस्रो स्थानमा रहेको आयोजक जापान २४, स्वर्ण ११ रजत र १६ कास्यगरी कुल ५१ पदक जितेको छ । यस्तै, १८ स्वर्ण, २० रजत र २० कास्यगरी कुल ५८ पदक जितेको इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ । 

रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १७ स्वर्ण, २३ रजत र २२ कास्यसहित ६२ पदक जित्दै पाँचौ स्थानमा यथावत रहँदा १७ स्वर्ण, ६ रजत र २१ कास्यगरी कुल ४४ पदक जितेर अष्ट्रेलिया छैटौ स्थानमा झरेको छ ।

१० स्वर्ण, १० रजत र १८ कास्यगरी ३८ पदक जित्दै इटाली सातौ स्थानमा उक्लदा जर्मनी ९ स्वर्ण, ११ रजत र १६ कास्यगरी ३६ पदकसहित आठौं स्थानमा झरेको छ । 

नेदरल्यान्ड्स ९ स्वर्ण, १० रजत र १२ कास्यगरी ३१ पदक नवौं स्थनमा उक्लदा फ्रान्स ७ स्वर्ण, ११ रजत र ९ कास्यसहित २७ पदक जितेर शीर्ष १० मा अटाएका छन् ।

न्युजिल्यान्ड ७ स्वर्ण, ६ रजत र ६ कास्यगरी १९ पदकसहति ११औं स्थानमा रहँदा दक्षिण कोरिया ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहति १२औं स्थानमा रहेको छ ।  क्यानडाले ६ स्वर्ण, ६ रजत र १० कास्य गरी २२ पदक जितेको छ ।

क्युवाले ६ स्वर्ण, ३ रजत र ४ कास्य गरी १३ पदक जितेको छ । हंगेरीले ५ स्वर्ण, ७ रजत र ५ कास्यगरी १७ पदक जितेको छ । ब्राजिलले ४ स्वर्ण, ४ रजत र ८ कास्यगरी १६ पदक हात पार्दा पोल्यान्डले ४ स्वर्ण, ४ रजत र ४ कास्य जितेको छ । चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र २ कास्यगरी ९ पदक जितेको छ ।

जमैकाले ४ स्वर्ण, १ रजत र ३ कास्य गरी ८ पदक जितेको छ । स्पेन, स्वीट्जरल्यान्ड, क्रोएसिया, बेल्जियम र स्लोभेनियाले समान ३ स्वर्ण जितेका छन् । स्वीडेन, चाइनिज ताइपेइ, डेनमार्क, इरान, केन्या, नर्वे, सर्विया, युगान्डा, इक्वेडर, उज्वेकिस्तान, ग्रीस, बहमास, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन् ।

युक्रेन, रोमानिया, भेनेजुएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, टर्की, अष्ट्रिया, इन्डोनेसिया, बुल्गेरिया, पोर्चुगल, इथियोपिया, फिलिपिन्स, ट्युनिसिया, आयरल्यान्ड, इजरायल, इस्टोनिया, फिजि, लात्भिया, थाइल्यान्ड, बर्मुडा, मोरोक्को, प्युरेटो रिकोले समान एक–एक स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६३ राष्ट्रले स्वर्ण जित्दा ८९ राष्ट्रले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै