विमलीको अतृप्तिको विमोचन 

काठमाडौंः साहित्कार मन्जु विमलीको तेस्रो कृति उपन्यास ‘अतृप्ति’ विमोचन भएको छ । 

 

कपन आकाशेधारास्थित आफ्नै धरमा ९१ वर्षीय आमा राममाया विमलीको हातबाट आज फेसबुक लाइभ गरि सो अतृप्ति लोकार्पण गरिएको हो । 

कार्यक्रममा कृतिका प्रकाशक पैरवी बुक हाउस प्रालिका अध्यक्ष चन्द्र शिवाकोटी, परिवारका सदस्यहरू र साहित्यकार कृष्ण धराबासीको उपस्थिति थियो ।

१७६ पृष्ठको उक्त उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको, मानिस कमजोरी सहितको भएकाले त्यसलाई उसकै अवस्थामा हेरिएको विचार लेखक मन्जु बिमलीले बताएकी छन् । 

प्रकाशक चन्द्र शिवाकोटी, आमा राममाया बिमली र साहित्यकार कृष्ण धरावासीले आफ्ना विचारहरू राखेका थिए । विमलीका यसअघि दुई थोपा आँसु (कवितासंग्रह) र खीर (संस्मरण) गरी दुई कृति प्रकाशित भइसकेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै