नेपालमा थप २ हजार चारजनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौँ : नेपालमा थप २ हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६१९ र ३ हजार ९९२ जनाको एन्टिजेन परीक्षणमा ३८५ जना गरी २ हजार चार जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ । 

ad

यस्तै सोही अवधिमा १ हजार ८ सय ४६ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या ७ लाख २१ हजार १ सय ८२ रहेको छ । नेपालमा निको हुने दर ९४.२ प्रतिशत रहेको छ ।

नेपालमा हाल ३३ हजार ९४६ सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् । ३०२ जना क्वारेन्टिनमा रहेका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै