नेपालमा असल मान्छेको खोजी !

आनन्दराम पौडेल | [email protected]

 “के नेपालमा अब्बल, असल मानिसको खडेरी नै परेको हो त रु”  भन्ने अगस्त्य मुनिको प्रश्नमा कुमारजीले आज्ञा गर्नुभयो – हे अगस्त्य मुनि १  अहिले नेपालको राज्यव्यवस्थामा र समाज व्यवस्थामा समेत् लोभीपापी, आलाकाँचा, ठेट्नाहरूकै रजगज र हालिमुहाली छ। यिनीहरूको रजगज भएकोले राज्यका र समाजका हरेक गतिविधिमा भ्रष्ट, अपराधी, नैतिकहीनहरूले मात्र स्थान पाउँछन । र असल, अब्बल, सज्जनहरूलाई किनारा लगाइन्छ। 

बर्षेनी चारपाँच सयलाइ तक्मा, विभूषण, अलङ्कार दिइन्छ तर तक्मा पाउनेमा अधिकांश सबै धूर्तहरू नै हुन्छन्। यो दृश्यहरू मात्र देखिरहनु पर्दा, के नेपालमा अब्बल, असल मानिसको खडेरी नै परेको हो त रु भन्ने प्रश्न खडा भएको छ।

केही बर्षअघि डा .ऋषिराज बरालले भन्नुभएको र अखबारमा लेख्नुभएको सम्झन्छु। अहिले सीके राउत पूरै फेरिएका छन्। तर सुरूका दिनमा सीके राउतले नेपाल राष्ट्रलाइ बिखण्डन गरेरै छाड्ने घोषणा गरेर अभियान चलाएका थिए। जुनबेलामा सीके राउतले नेपाल राष्ट्रलाइ बिखण्डन गरेरैछाड्ने अभियान अगाडी बढाइरहेका थिए, त्यसबेलामा डा .ऋषिराज बरालजीले भन्नु भएको र अखबारमा प्रकाशित गर्नुभएको तथ्य यहाँ राख्छु। डा .बराल लेख्नुहुन्छ –

नेपाल राष्ट्रलाइ बिखण्डन गर्न र सिध्याउनका लागि सीके राउतले चलाएको अभियानदेखि वाक्कदिक्क भएर २०७०(०७१ मा पनि जनताले चौतर्फि आवाज उठाए। ०७१ भदौमा सरकारले कार्यवाहीप्रकृया शुरु मात्र गर्नलागेको थियो, नेपालका स्वनामधन्य भनिएका र ठूला कहलिएका यी बुध्दिजीविहरुले, सीके राउतलाई छुन-चलाउन पाईंदैनू भन्दै बक्तव्य निकाल्नेदेखि कोकोहोलो मच्चाउनथाले (

दमननाथ ढुङ्गाना,  श्याम श्रेष्ठ,  खगेन्द्र सङ्ग्रौला, सीके लाल,  कृष्ण हाथेछु,  मल्ल के सुन्दर,  कृष्ण भट्टचन,  हरि रोका, विजयकान्त कर्ण, राजेन्द्र महर्जन,  झलक दुवेदी, पासाङ शेर्पा ,धीरेन्द्र प्रेमर्षी, गणेशकुमार मण्डल, विमल अर्याल, तुलानारायण साह, अनुभव अजित, युग पाठक, उज्जवल प्रसाईं, चीरण मानन्धर,  रवि ठाकुर, ज्ञानु अधिकारी, माइकल हट। (स्रोत : डा.ऋषिराज बराल र २०७५। ०६। २८ गते आइतबार)

 कोहीकोही अपवादबाहेक नेपालका नेताहरु कुहिएर सडेका रहेछन्स  चर्को दूर्गन्ध मात्र अहिले ह्वास्सै आएको हो। गणेशमान सिंह, मनमोहन अधिकारीको समयमा बरु उच्चकोटीका नेता अलि धेरै भेटिन्थे। अहिले त पार्टीका नेता र कार्यकर्ताले जनतामाझ जाँदा आफूलाई पार्टीसँग जोडेर परिचय दिन नमिल्ने स्थिति छ। पार्टीका नेता र कार्यकर्ताप्रति जनताको घृणा उच्चबिन्दुमा छ।

   ३२-३३ बर्षअघिको नेपालमा भएका राजनीतिक अनुहार सम्झन्छु।

पर्सामा जाँदा जयप्रकाश नामका राजनीतिक नेता भेटिन्थे। कञ्चनपुर जाँदा लबरु राना थारु भेटिन्थे। कैलालीमा कर्मथलो बनाएका आछामका नैनबहादुर स्वाँर भेटिन्थे। जुम्लामा हरिश्चन्द्र महत भेटिन्थे। रसुवा जाँदा दावा फिञ्जो तामाङ भेटिन्थेभने इलाममा सोमनाथ बाँस्तोला, भगवतीदास श्रेष्ठ भेटिन्थे। यिनीहरु जनतासँग घुलमिल भएर बसेका हुन्थे।

वहुदलकालमा पनि, गणेशमान सिंह, मनमोहन अधिकारी, भीमबहादुर तामाङ जस्ता नेताहरू थिए, जस्को नाम लिंदा श्रद्धाले शीर झुक्थ्यो।

वर्तमान नेपालमा, लोभी-पापी, आलाकाँचा, ठेट्नाहरुले राज्यसञ्चालन गरेका छन् र कुहिएर सडेका खराबहरुको रजगज, हालिमुहालि चलेको छ। यस्तो बेलामा असल नेता खोज्न निस्कँदा र धूईंपत्ताल खोज्दैजाँदा : राजेन्द्र लिङ्देन, डा.बंशीधर मिश्र, लोकेश ढकाल, चन्द्र भण्डारी, धनराज गुरुङ मात्र भेटिन्छन्।

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि, नेपाल राष्ट्रमा मूल्याङ्कनप्रणालिको अभाव छ। त्यस्माथि नेपाली जनता र नेपाली समाजमा एउटा महारोग छ। नेपाली जनतामा ब्याप्त महारोग के होभने यहाँ कसैको मूल्याङ्कन गरेको तथा असल कर्म र चरित्रको चर्चा गरेको सुन्नचाहँदैनन्। यो संसारमा पूर्ण भन्ने त कोहीपनि हुँदैन र केहीपनि हुँदैन। कसैको असल कर्म र चरित्रको उल्लेख गर्नुभनेको तुलनात्मक हिसाबले अरूभन्दा असल भन्नखोजेको हो भनेर बुझ्नुपर्छ। तर, नेपाली जनतामाझ कसैको असल कर्म र चरित्रको उल्लेखमात्र गर्नुपर्छ, यहाँ सबैको टाउको दुख्न थालिहाल्छ, सबैलाई हन्हन्ति ज्वरो आउँछ र दाह्राकिटेर आक्रमण गरिहाल्छन्। त्यसैले कसैको असल कर्म र चरित्रको चर्चा गर्नलाइ ठूलै आँट र हिम्मत चाहिने भएको छ।

पाँच बर्ष अघि हो। अम्बर गुरुङको देहावसान भएको थियो। एकजना भाइले जिज्ञाशा राखे :

 'अम्बर गुरुङ पनि गिरिजा कोइराला, सुशील कोइराला भएको ठाउँमा पुगेर उनीहरुसँगै होलान् हगि ?'  त्यो सुनेर अकिञ्चनले तुरुन्त हस्तक्षेप गर् योस र भन्यो, ूअम्बर गुरुङ त्यो पङ्क्तिमा हुँदैनन् । अम्बर गुरुङ त, गोपाल योञ्जन, गोपालप्रसाद रिमाल, भीमबहादुर तामाङ, पुष्पलाल श्रेष्ठ , गणेशमान सिंह श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, सिध्दिचरण श्रेष्ठ, जयपृथ्बीबहादुर सिंह, धर्मराज थापा, गोकुल जोशी, भानुभक्त आचार्य, पृथ्बीनारायण शाह, बहादुर शाह, भक्ति थापा, वलभद्र कुँवर, भीमसेन थापा, जङ्गबहादुर राणा, खड्गमान सिंह, टङ्कप्रसाद आचार्य, मदन भण्डारी, निर्मल लामा, मरिचमान सिंह श्रेष्ठ, हरिश्चन्द्र महतहरुको पङ्क्तिमा सँगै सधैं हुनुहुन्छ ।

कसैको असल कर्म र चरित्रको चर्चा सुन्नैनसक्ने नेपाली जनता भएपनि आँटगरेर भन्ने होभने अहिले वर्तमान नेपालमा राष्ट्रलाई मायागर्ने अब्बल, खाँटी नेपाली खोज्दा : अनारसिंह कार्की, विहारीकृष्ण श्रेष्ठ, ध्रुवहरि अधिकारी, डा.गाउँले बलदेव, हिरण्यलाल श्रेष्ठ, कमलप्रसाद कोइराला, केशवप्रसाद भट्टराई, खगेन्द्र सिटौला, लालबाबु यादव, डा.प्रेमसिंह बस्न्यात, डा.रामप्रसाद उप्रेती, डा.रमेश ढुङ्गेल, रतन भण्डारी, ऋषिराज लुम्साली, साध्यबहादुर भण्डारी, सौरभ, शरदचन्द्र वस्ती, रवीन्द्र मिश्र, श्रीकृष्ण अनिरुध्द गौतम, श्रीप्रसाद पण्डित, सिन्धुनाथ प्याकुरेल, युवराज घिमिरे, सुरेश आचार्य, ठाकुर बेल्वासे, टीकाराम यात्री, रोहित भण्डारी ‘सुकदेव’,  ज्योतिकिरण रिजाल, टीकाराम रेग्मी, डा.सूर्यराज आचार्य, डा.युवराज सङ्गौलाहरू भेटिन्छन्। तर, नेपालको दु:खद बिडम्बना के भैरहेछ , भने उक्त किसीमका ब्यक्तित्वहरूलाई अहिले किनारा लगाइएको छ।

नेपाली जनता पनि कस्ता छनभने – किन तिनीहरूलाइ ‘गुड लिष्ट’ मा राखेको रु’ भनेर दाह्राकिट्दै झम्टन आइहाल्छन् र जाइलाग्छन्।

नेपालका ठूला मेडियाले समेत् नेपाल राष्ट्रको मौलिकता र मूल्यमान्यतालाइ नास्ने, जातीय बिद्वेषको बिष घोल्ने र राष्ट्र बिखण्डन गर्ने अभियानमा मलजल गर्ने ब्यक्तित्वहरूलाइ स्थान दिईरहेछ।

खगेन्द्र सङ्ग्रौला, दमननाथ ढुङ्गाना, प्रदीप गिरी, सुन्दरमणि दीक्षित, बालकृष्ण माबुहाङ, शङ्कर लिम्बु, उज्ज्वल प्रसाईं, कृष्ण हाछेथु, भाष्कर गौतम, युग पाठक, राजेन्द्र महर्जन, हिमा राई, कृष्ण सर्वहारी, सलमा खातुन, मोहना अन्सारी, किशोर नेपाल, देवान राई, सरोजराज अधिकारी, सिके लाल प्रवृत्तिलाई मेडियाले शीर्षस्थ स्थान दिएको देखेर आश्चर्य मान्नुहुँदैन।

  हामी नेपाली जनता नकारात्मक छौं। खराब कुरो भेट्टायोभने तात्तातै फैलाउँछौं र रातारात भाइरल भैहाल्छ। नेपाली जनता हल्लाको पछि कुद्छन्स तथ्यबाट सत्य पत्तालगाउने चेष्टा गर्दैनन्। हल्लाको पछि कुद्ने नेपाली जनताको मनोबिज्ञान बुझेकाले विदेशी शक्तिकेन्द्रहरूले ठूला मेडियामा लगानी गरिदिईराखेका छन् र हल्लाबोलबाट आफ्ना एजेण्डा स्थापित गर्छन्।

हे अगस्त्य मुनि, नेपाली जनतामा ब्याप्त यो महारोग डाइग्नोशीस भैसकेको छ र यो महारोगको उपचार नगरेसम्म नेपाली जनताको अग्रगति सम्भव छैन। यति निस्कर्ष दिएर कुमारजी मौन बसे।

 ईति श्रीस्कन्ध पुराणे, हिमवतखण्डे, नेपाल महात्म्ये, जनता मनोबिज्ञान बर्णनम् शुभम्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै