एमालेसँग संवाद गरी छुट्टै बैठक बोलाउन सभामुखलाई शीर्ष नेताहरुको सुझाव

काठमाडौंः संसदमा रहेकाका दलका शीर्ष नेताहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरी छुट्टै बैठक बोलाउन सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् ।

एमालेका सांसदहरुले नियमित संसद् बैठकमा बिरोध गरेपछि निकासका लागि सभामुख सापकोटाले आज संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको थियो । एमालेका नेताहरुनै बैठकमा सहभागी नभएपछि बैठक निष्कर्षबिहिन सकिएको हो। 

ad

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीबाट माधव नेपाल, जसपाबाट उपेन्द्र यादव, लोसपाबाट महन्त ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए । 

बैठकमा सहभागि शीर्ष नेताहरुले एमालेसँग संम्बन्धित विषय भएकाले एमालेसँग संवाद गरी सर्वदलीय बैठक बोलाउन सभामुखलाई आग्रह गरेका हुन् । 

सभामुख साप्कोटाले आफूले एमालेसँग संवादका लागि प्रयास गरेको तर सम्भव नभएको बताए ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताएका थिए। उनले सभामुखले एमालेले वैधानिकता नै स्वीकार नगरेको नेकपा एकीकृत समाजवादीलाई बैठकमा सहभागी गराएकाले आफूहरु बैठकमा सहभागी नहुने उनले बताएका थिए ।  

प्रमुख सचेतक भट्टराईले सभामुख साप्कोटालाई एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न आग्रह समेत गरेका छन् । 

एमालेले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई सभामुखले संरक्षण गरी पार्टी फुटाउन सहयोग गरेको भन्दै यही भदौ २३ गतेदेखि सुरु भएको चालु अधिवेशनका बैठकहरु नियमित रुपमा अवरुद्ध गर्दै आएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै