एकीकृत समाजवादीको प्रदेश २ संसदीय दलको नेतामा शत्रुधन महतो चयन

काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश २ प्रदेशसभाको संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । 

आज धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले महतोलाई दलको नेता चयन गरेको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।

ad

यस्तै बैठकले नेकपा (एकीकृत समाजवादी) पार्टी  प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ । 

प्रदेश २ सरकारमा सहभागी हुनका लागि संसदीय दलका नेता महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको छ ।

एकीकृत समाजवादीका प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री धर्मनाथ साहको प्रमुख आतिथ्यतामा भएको सो बैठकले वडा, पालिका र जिल्ला स्तरसम्म सशक्त ढंगले संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै