सुदूरपश्चिम एकीकृत समाजवादीको संसदीय दलको नेतामा सोडारी

काठमाडौंः नवगठित नेकपा (एकीकृत समाजवादी पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । 

आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सोडारीलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको प्रदेशसभा सदस्य तारालामा तामाङले जानकारी दिए । उनले भने, “आजको संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ, दलको नेतामा दीर्घबहादुर सोडारीलाई सर्वसम्मतरूपमा चयन गरिएको छ ।”
 
दलको नेताका लागि सोडारी, तामाङ, पार्टीका केन्द्रीय सदस्य एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र केन्द्रीय सदस्य माया भट्ट आकांक्षी थिए। एमालेबाट निर्वाचित १४ जना प्रदेशसभा सदस्यले नवगठित पार्टीको पक्षमा सनाखत गराउनु भएपछि एकीकृत समाजवादी प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ।

ad

 यसअघि सोमबार बसेको सो पार्टीको सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलको बैठकले प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा नवगठित उक्त दलको समेत प्रतिनिधित्व छ । प्रदेशसभामा नेकपा ९एमाले० सभामुखबाहेक दश, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ सदस्य छन् । जनता सामाजवादी पार्टी र नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका एकरएक जना सदस्य छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै