निलीमा आचार्य | असम भारत

    कर्ण हो 
     इतिहासले ठगेको 
    भाग्यले छलेको 
    प्रवल पराक्रमी योद्धा 
    जसको हारलाई 
    इतिहासले शिर झुक्याएर नमन गर्छ
    हो ऊ त्यही कर्ण हो

ad

   ऊ  कर्मले आफ्नो भाग्य लेख्छ
   छलकपटदेखि टाढा बस्छ 
    स्वयं अनाथ भई
   अनाथहरूको नाथ बन्छ
   हो ऊ त्यही कर्ण हो 

 रहर छैन उसलाई कुनै अवतारी पुरुषको आडमा सफलता हासिल गर्न
चाहदैन्  इतिहासमा कलङ्क भई बाँच्न

दलित , पीडितहरूको हो नेता 
हारेर पनि जो सधैं कहलाउँछ विजेता 
 हो ऊ त्यही कर्ण हो

 धत् ! किन डराउनुभएको 
 नडराउनुहोस् 

 तपाईंको शिरमा टल्किने ताज उसले खोस्दैन
 तपाईंले हिँड्ने बाटो पनि ऊ हिँड्दैन 

 अधिपतिहरूबाट
 सेवाको उचित मूल्य नपाए पनि 
 हरदम सेवा गर्छ आफ्नो राष्ट्रको 

मित्रताको महत्व बुझ्ने
कहिल्यै कोहीसँग नझुक्ने 
हो ऊ त्यही कर्ण हो 

जो जननीबाटै ठगिएको छ 
जो गुरुबाट अवहेलित छ
उसले अरूलाई  कसरी ठग्छ र ?

त्यसैले नडराउनुहोस् 
ऊ छिनेर होइन 
दान गरेर रमाउँछ 

आफ्नो सर्वस्व त्यागेर 
 जो अरूलाई  जिताउँछ 
 हो ऊ त्यही कर्ण हो 

मान , यश,ऐश्वर्य(विभूति पाउन होइन 
धोखा र अभिमानको गीत गाउन होइन
निस्वार्थ मनले सेवा गर्छ देश र जननीको
 सफलताको ताज आफ्नो शिरमा लाउन होइन 

 हो ऊ त्यही महारथी कर्ण हो 
 दान गर्नु नै जसको धर्म हो !


 

प्राप्त प्रतिकृयाहरू

raju लेख्नुहुन्छ (२०७८ असोज २ शनिबार १:३३ pm )

कस्तो राम्रो कविता!

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै