माधव नेपालबाहेकका समाजवादीका नेतालाई एमालेमा फर्किन ओलीको आग्रह

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका नेताहरलाई एमालेमा फर्किन आग्रह गरेका छन् ।

बिहीबार एमाले काठमाडौँ जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालबाहेकका अन्य नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका हुन्। 

ad

एमालेलाई सिध्याउन धेरै प्रयास भएको उनको भनाइ छ । ओलीले पार्टीका सचेत कार्यकर्ताले एमालेलाई भत्काउन, मास्न नदिने भन्दै पार्टीको रक्षामा उभिएका कारण नै अहिले एमाले यथाअवस्थामा रहेको बताए । उनले भने, ‘आजको सन्दर्भमा एमालेको भूमिका केही परिवर्तन भएको छ ,हामी सरकारमा थियौ, अहिले प्रतिपक्षीमा गयौँ । तर हाम्रो शक्ति, उद्देश्य, नीति परिवर्तन भएको छैन, संगठनमा खासै परिवर्तन भएको छैन । दुई चार जना बिग्रिन लागेकाहरुले मात्रै पार्टी त्याग गरेका हुन् ।’

उनले आफूहरुले लामो संङ्घर्ष गरी नेपालमा कम्यूनिष्ट आन्दोलनलाई सबैभन्दा ठूलो आन्दोलन, पार्टी र जनताको भरोसाका रुपमा एमालेलाई उभियाएको दाबी गरे । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै