आनन्दराम पौडेल [email protected]

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि १ आज म तपाईंलाई नेपाल राष्ट्रको मौलिकता, मूल्यमान्यता र संस्कृति सिध्याउन विदेशी शक्तिकेन्द्रहरूले मेडियालाई कसरी प्रयोग गरिराखेका छन् । भन्ने बिषयमा अनीलजीले रिसर्च गरेर पत्तालगाउनु भएका तथ्य मात्र प्रस्तुत गर्दछु, । ध्यानदिएर सुन्नुहोस्।

उहाँलाई अनीलजी भन्छन्। उहाँले Dr Baba A'neal Che @BabaAnealChe  को नामबाट ट्विटर(ह्याण्डल तथा instagram.com/baba_aneal_che  नामबाट ईन्स्टाग्राम चलाउनु हुन्छ।

विदेशी शक्तिकेन्द्रहरूले धेरै बर्षदेखि नेपाली मेडियामा लगानी गरिरहेका छन् ।  भनेर ब्यापक चर्चा(परिचर्चा भैरहे पछि उहाँले यस बिषयमा रिसर्च गर्नुभयो। उहाँले गर्नुभएको रिसर्चको नतिजा प्राप्त भएकोले  राखिदिंदै छु।

 १. Centre for Investigative Journalism ले सन् २०१६ मा मात्र ओपन सोसाइटी फाउन्डेसनबाट  $105,000 पैसा पाएको रहेछ ।  पत्रकारको तालिमका लागि।त्यसैले त नेपालमा राम्रा पत्रकार उत्पादन भएको रहेछ !

२.Shikshak Magazine ले सन् २०१७ मा मात्र $95,350 पाएको रहेछ।

३ योMedia Academy Nepal भन्ने कस्को हो रुरुरु   सन् २०१७ मा $40,000 पाएको रहेछ। सन् २०१७ मा  $40,000  पाएकोले कस्तो काम गरेछ भनेर वेबसाइटमा हेर्दा त कोर्स भनेर बिवाहको योजना बनाउन सिकाउने रहेछन्‌। भने पछि  मिडियाको नाममा के के भयो होला भनेर आफैं ख्याल गर्नु है।  यो लिंकमा हेर्नुहोस् - https://www.facebook.com/photo.php?fbid=4346602375385937&set=a.1381226538590217&type=3 

 ४. Antenna Foundation Nepal (AFN) ले  सन् २०१८ मा मात्र $67,951  पैसा पायो।

५ .Role of Media to Strengthen the Governance System भन्दै Chandani Nepalभन्नेलाई सन् २०१७ मा $19,626 सन् अनि सन् २०१८ मा $30,737  दिएको छ। यो चाँदनी नेपाल भनेको के हो कसैलाई थाहा छ कि ?

 ६   अनि यो Ujyaalo Multimedia Pvt. Ltd.  भनेको उज्यालो नेटवर्क नै त होला नि !  हैन त ?   कि अर्कै हो ???  सन् २०१८ मा मात्र जम्मा  $260,000 त पाएको रहेछ ! यो त एउटा डोनरको पैसा हो। यस्ता डोनर कति छन्‌ होला नेपालमा !

७. Center for Media Research-Nepal ले सन् २०१७ मा $23,396 अनि सन् २०१८ मा $59,890 पाएको रहेछ। अनि उता Centre for Investigative Journalism (Nepal) ले सन् २०१९ मा फेरि $79,500 पाएको रहेछ। तेत्रो पैसा पाएर तालिम लिँदा पनि किन पत्रकारिता यो हालतमा छ ??   बडो रमाइलो लागेको कुरो के छभने सन् २००७ देखि यो The Open Society Foundations भन्नेले मात्रै नेपालका मेडियालाइ  $1,390,000 दिएको रहेछ। पैसा त धेरै होइन१३-१४ लाख डलर मात्र हो ! भनेसी राम्रै कमाइ हुने रहेछ ! नेपालमा मिडियाको एउटा एनजिओ खोल्नुपर्ने भयो।)

८ .  यो Himal Southasian लाई Himal Southasian's growth and expansion in Sri Lanka as a new digital media organisation भनेर 2019 मा जम्मा $130,000 दिएको रहेछ। दिनैपर्ने थियो र यो पत्रिकालाई... ?!

 ९.  Sancharika Samuha ले पनि सन् २०१९ मा जम्मा $48,000 पाएको रहेछ।

१०.Tana Bana Private Limited भन्ने जस्ले ‘हेर्ने कथा’ भनेर शुरु गरेको छतेस्ले पनि सन् २०१९  मा मात्र $125,000 प्राप्त गरेको रहेछ। अनि Boju Bajai ले पनि सन् २०१९ मा मात्र $57,500 पाएको रहेछ।

११.  उज्यालोले पाएको मात्रै टोटल फण्डिङ हिसाब गर्ने हो भने त ५९०,३३०/- डलर हुने रहेछ। देश कसरी डुब्दैछ भनेर अब प्रष्ट भयो।

 १२ . एउटा पोड्कास्ट बनाउने @BojuBajai ले त सन् २०१९ मा ५७,५०० $ लिएको रहेछ। कति हो कति त्यसको फन्डिङ त ! 

Open Society र Ford Foundation बाहेक पछिल्लो १० वर्षमा १००,००० भन्दा धेरै दिनेमा National Endowment for Democracy, Humanity United

Fund for Women's Equality, The Freedom Fun, UK Foundation for Just Society र United States Institute for Peace जस्ता धेरै रहेछन्‌।

हालसम्ममा सबैभन्दा धेरै पाउने Ujyaalo Multimedia १५ वटा मार्फत् 1575932 डलर प्राप्त गरेको रहेछ। यी तलका संस्थाले पनि कम्तिमा १ पटक पाएका रहेछन्‌।

Southasia Trust $607974 , Panos South Asia $597773, Association of Community Radio Broadcasters Nepal$394000, Martin Chautari $390000, Antenna Foundation Nepal $337911, Shikshak Masik $280700, Media Foundation $280000, Sharecast Initiative Nepal $276456, Centre for Investigative Journalism $209016, The Himal Association $193400, Media Academy Nepal $139662, Setopati Sanchar Pvt. Ltd $128000, Equal Access Nepal $102709, Body & Data $100000, Nepal Forum of Environmental Journalists $92641, Centre for Investigative Journalism$79500, Working Women Journalists $70216, Chandani Nepal $61974, Voices of Women Media$60000, Sancharika Samuha$48000, Jagaran Media Center $44000 , Education Journalist Group $43000, Nagarik Aawaz $40000 , Freedom Forum $31918, Airawat Media Group $30000, Center for Media Research-Nepal$29945, Docskool$24935, Media Advocacy Group$5802

यी सबै खोज्दै गर्दा रमाइलो लागेको कुरो केभने धेरै ग्रान्ट पाउनेमा समता फाउन्डेशन’ भन्ने रहेछ। समता फाउण्डेशनला एन्टेना फाउन्डेसनसँग मिलेर ३ वटा जति रेडियो कार्यक्रम अनि पछिल्लो समय राजेश हमाललाई लिएर जातीय विद्वेषको बीष घोल्नेगरी 'जातका कुराभन्ने कार्यक्रम चलाइराखेको छ।

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! Dr Baba A'neal Che @BabaAnealChe को नामबाट ट्विटर-ह्याण्डल चलाउने र instagram.com/baba_aneal_che  नामबाट ईन्स्टाग्राम चलाउने अनीलजी’ ले रिसर्च गरेर पत्तालगाउनुभएका तथ्यहरू तपाईंसमक्ष राखें। यो त एउटा सेक्टर मेडियामा भएका लगानीत्यस्मापनि तथ्य फेलापरेका मात्र यहाँ अहिले राखिएको हो। नेपाली जनता हल्लाको पछि कुद्छन्तथ्यबाट पत्तालगाउने प्रयत्न गर्दैनन्। नेपाली जनता हल्लाको पछि कुद्ने भएकाले विदेशी शक्तिकेन्द्रहरूले हल्लाबोलबाटै आफ्ना एजेण्डा यहाँ लाद्छन्। त्यस्को लागि ठूला मेडियामा अझै भयङ्कर लगानी गरिराखेका छन्जुन यहाँ उल्लेख गरिएको छैन। 

     कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! उपरोक्त बिवरण त एउटा सेक्टरको एक झलक मात्र हो। शासक, प्रशासक र नेताहरूले चुसेरनिचोरेर निम्छरो बनाइसकेको नेपाल राष्ट्रको मौलिकता र मूल्यमान्यतालाई  ध्वस्त पार्नका लागि विदेशी शक्तिकेन्द्रहरूले चौतर्फि हमला गरिराखेका छन्। यो स्थितिमा नेपाल राष्ट्रको हालत के हुनेहोला गम्भीर चिन्ताको बिषय बनेको छ। गम्भीर चिन्ता ब्यक्त गर्दै कुमारजी मौनभए।

ईति श्रीस्कन्ध पुराणेहिमवत्खण्डेनेपाल महात्म्येपरिचालित मेडिया बर्णनम् अध्याय शुभम्।

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै