देशभर सामान्यदेखि पूर्ण बदली, अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । 

विभागले गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ । 

ad

विभागका अनुसार आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्यासहितको वर्षा हुने सम्भावना रहेको छ ।  

विभागले वर्षाको समयमा पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । 

यस्तै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै