नेतृत्व हस्तान्तरणको गौरवपूर्ण इतिहास भुलेका कांग्रेसमित्रहरु !

जयप्रकाश आनन्द | काँग्रेस नेता एवं पूर्वमन्त्री

नेपाली राष्ट्रिय काँग्रेसको कुरा न गरौं। बिस २००७ पछि मातृकाप्रसाद कोइरालाको सभापतित्व काललाई अपवाद मान्ने हो । भने नेपाली काँग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया उदाहरणीय रहेको छ। 

ad

नेपाली काँग्रेसका चार चाणक्य कहलिएका बीपी कोइराला, सूवर्णशम्सेर जबरा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय मध्ये सभापति पदका लागि एकाध पटक बाहेक कहिल्यै एकापसमा बिरूद्ध दावी र हानथाप रहेन। कयौं बिषयमा यी चारका बीच गम्भीर मतभिन्नताहरू रहेको थियो। तर, सभापतित्व बिवाद रहित रहेको थियो। एकर्कालाई पराजयको तहसम्म पुर्याउने खेल भएन।

अतिशय रूग्ण सूवर्णशम्सेरले बीपीको हात समाएर “तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु” भन्दै सभापतित्व हस्तान्तरण गर्नु भयो। 

नेका सभपतिको रूपमा बीपी कोइराला २०१७ पौष १ गते पछि जेल पर्नु भएपछि प्रवासमा रहनु भएका सूवर्णशम्सेर अनेकौं शक्ति केन्द्रहरूको उक्साहटका बावजूद सभापति पदको दावी गर्नु भएन। उहाँ झण्डै दुई बर्षसम्म बीपी, गणेशमानजीहरूको रिहाईको प्रयास गर्नुभयो। रिहाईको आशा नदेखिए पछि २०१८ सालमा भारतको पटनामा बोलाईएको सम्मेलन पछि राजा महेन्द्रको तानाशाहीको बिरूद्ध शसस्त्र प्रतिरोध संचालन गर्नका लागि सूवर्णजीलाई कार्यवाहक सभापति बनाईएको थियो। त्यस बखत, यस बाहेक कुनै बिकल्प नरहेको अवस्था थियो। 

लामो समय पश्चात, बीपी कोइराला अमेरिकामा उपचार गराएर सन् १९७७ नोभेम्बरमा स्वदेश फर्किने क्रममा कलकत्तामा सूवर्णजीलाई भेटन जानु भएको थियो। अतिशय रूग्ण सूवर्णशम्सेरले बीपीको हात समाएर “तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु” भन्दै सभापतित्व हस्तान्तरण गर्नु भयो। 

कलकत्ताबाट फर्किएर बीपी पटनाको “आर ब्लक” स्थित “एमएलए क्लब”मा आयोजित सभामा यो जानकारी गराउनु हुदाँ म स्वयं पनि साक्षी रहेको हुँ। शायद यसको भोली वा पर्सी कै दिन सूवर्ण शम्सेर जीको देहावसान भएको थियो। वा, एकाध सप्ताह भित्र। नेतृत्व हस्तान्तरणको यो एक अनुपम उदाहरण थियो। 

पटनाको त्यस सभामा किसुनजी पनि हुनुहुन्थो। यसको साता नबित्दै बीपी पटनाबाट नेपाल फर्किनु भयो। राजा वीरेन्द्रसंग उहाँले त्यस्तै बचनवद्धता गर्नु भएको थियो। नेपाल फर्किनु अघि पटनाको सोही “एमएलए क्लब” को सभामा आफु नेपाल फर्किएपछि अवश्य पनि पक्राउ परिने भन्नु हुदै “आफु जेल परे पछि साथीहरू हाम्रा प्रिय साथी किसुनजी (कृष्णप्रसाद भट्टराई) बाट निर्देशन पाई रहनु हुनेछ ,भन्नु भयो। 

पटनाबाट काठमाण्डौं फर्किन लाग्दा शानेवानीको बिमानमा उहाँले “योजनावद्ध” रूपमा सहयात्री बनाउनु भएको एक सहयोगी, जसको नेपाल फर्के पछि गिरफ्तार हुने संभावना थिएन ।  उहाँलाई काठमाण्डौमा सार्वजनिक गर्ने गरी एक खामबन्दी पत्र दिनु भयो। यो पत्र सार्वजनिक गरिए पछि सबैले थाहा पाए - बीपीले किसुनजीलाई नेपाली काँग्रेसको कार्यवाहक सभापति र परशुनारायण चौधरी एवं गिरिजाप्रसाद कोइरालालाई महामन्त्री तोक्नु भएको रहेछ  । 

यहाँ मैले यदि यो सत्य उल्लेख गरिन भने इतिहासप्रतिको बेइमानी हुनेछ ।  कि बीपीले यो निर्णय सायद शाब्दिक रूपमा नै सत्य “महान उदारमना निस्पृह मानव गणेशमानजी” को सहमतिबाट गर्नु भएको थियो। यो नेपाली काँग्रेसमा सभापतित्व हस्तान्तरणको अर्को अतुलनीय उदाहरण थियो। 

विश्वास, सद्भाव र सहकार्यको यो परम्परा कलवलगुडीमा आई पुग्यो । जहाँ बिराटरूपधारी गणेशमानजीको सदिच्छाबाट र गिरिजाबाबुको प्रसन्नताबाट किसुनजी पार्टीको निर्बिरोध सभापति हुनुभयो। यो पच्छिल्लो अतुलनीय उदाहरण थियो । त्यस दिनको समारोहमा, जहाँ आजका धेरै “भगवानहरू” भावातीत भएर मात्र ताली पट्काई रहेको थिए। भावातीत भएर ! ती मध्येका केही आज भन्दै गरेको सुनिन्छ कि ऊ  बेगर काँग्रेस जीवित रहन सक्दैन।

विश्वास, सद्भाव र सहकार्यको यो परम्परा कलवलगुडीमा आई पुग्यो । जहाँ बिराटरूपधारी गणेशमानजीको सदिच्छाबाट र गिरिजाबाबुको प्रसन्नताबाट किसुनजी पार्टीको निर्बिरोध सभापति हुनुभयो।

हो, यो सत्य हो। किसुनजी पछि गिरिजाबाबु सभापति हुने बेलामा नेपाली काँग्रेसको “अतुलनीय सहमतिको उदाहरण” को इतिहासमा प्रतिस्पर्धाले प्रवेश पायो। तर पनि त्यो शिष्ट थियो। शिष्ट यस कारणले कि किसुनजीले मन नपराए पनि आफुलाई गिरिजाबाबुको बिरूद्ध उम्मेदवार बनाउनु भएन। उहाँले चिञ्जीवी वाग्लेलाई नेकाको सभापतिमा समर्थन गर्नु भयो। यो पनि संसारमा बिरलै पाईने उदाहरण थियो। “मानिस मन त परेको छैन, तर मानिस गैर नेपाली काँग्रेस होईन।” निलकण्ठ हुनुहुन्थ्यो किसुनजी, सत्यमा “निलकण्ठ”१ अद्वीतीय,एकल र अद्वैत ! 

गिरिजाबाबु पछि नेकामा नेतृत्व हस्तान्तरण प्रकृयाको कुरा न गरौं। साायद मलाई थाहा नभएर पनि होला। किन कि त्यस समयमा मेरो मृत्यु भई सकेको थियो। म त्यस  सुन्दर लोकमा रहिन। 

गिरिजाबाबु पछि नेकामा नेतृत्व हस्तान्तरण प्रकृयाको कुरा न गरौं। साायद मलाई थाहा नभएर पनि होला।


तर, आज नर्कबाट काँग्रेसको त्यस  स्वर्ग तिर हेर्दछु। अचम्भ लाग्दछ१ सोध्छु  ।।प्रभू के भइहेको छ ?  मेरो पुरानो काँग्रेसमा ? बडो आराधना पछि म जवाफ पाउँछु-‘”ठूला र सिद्ध योगीहरूको मृ्त्यु भएपछि योगीलाई पञ्चतत्वमा बिलीन गराईए पछि अन्यन्न् शिष्यहरूले गुरू योगीको कुटीलाई आगो लगाई भष्म गर्दछन्।” यस्तो चलन छ! यो कथन म सप्तरीको मेरो वनकुटीमा सुन्दछु। अनि तन्द्रामा सोध्छु किन नि ? 

कुटी किन जलाउने निरु जवाफ आउँछ ! ”हेर त्यस  कुटीमा मृत्यु पर्यन्त पनि सिद्ध योगीको आत्माको वास रहेको हुन्छ। तसर्थ, नयाँ योगीले कुटी डढाउने गर्छन् । पूर्ववर्ती प्रतापी योगीको प्रभावबाट मुक्त हुन्। स्वच्छन्द हुनका लागि।”
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै