थप १०६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४० पीसीआर परीक्षण गर्दा ८३५ जना र २ हजार ८१८ एन्टिजेन परीक्षण गर्दा २३१ जना गरी १ हार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

ad

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १ हजार २३४ जना संक्रमणमुक्त भएका छन् । 

हाल देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै