जीवन मस्त छ ! जीवन अब्बल छ !

सफलता बोगटी 

हाम्रो जिन्दगि छोटो पनि छैन । र लामो पनि छैन । छोटो लामो त जिन्दगि विताउने कलामा भर पर्छ ।  सबैको जिन्दगीको समानता के हो ,  भने जिन्दगीले सोचे जति कामहरु  पुरा गर्न सक्दैन ।  र मेरा यीयी  शत्रुहरुलाई यसरी बदला लिएर छाड्छु , भन्ने सोचाई पनि पुरा गर्न सक्दैन ।

ad

हामी सधैं साधारण मान्छे मात्र बन्न रुचाएनौं । म असाधारण हुन सकिन , भन्ने दिमागी सैतान हामीसंगै बसी रह्यो । हाम्रो गुनासो के छ , भने मैले असाधारण तरिकाले धन कमाउन सक्नु पर्छ  । म मात्रै बुद्धिमानी हुनु पर्छ । मैले मात्रै धन  कमाउनु पर्छ । म मात्रै  बलियो हुनुपर्छ ।   विदेश डुल्ने र   मस्ति गर्ने मैले मात्रै हो । यस्तैयस्तै कुराले हामीले सधैँ लखेट्ने गर्छ । आफुलाई समान्य बनायौ भने  जीवन शान्त हुन्छ ।

आफूमा असाधारण प्रतिभा छँदैछैन भनेर आफैंसंग हार मान्नु पनि गलत हो । आफुमा जे छ , त्यसमै शान्त हुनु नै जीवनको सबैभन्दा उत्तम हो ।  । साधारण  र असाधारण बीचमा फरक चाहि कति छ त रु  अथवा एउटा साधारण भनिने र असाधारण भनिने मान्छे बीचमा के कति फरक छ त रु तर ती  दुवैमा खासै फरक भने छैन ।

संसारमा आधुनिक यन्त्रहरुको विकास नभएको बेलामा तौलने सबै भन्दा सानो एकाइ थियो , लालगेडी । लालगेडी एउटा बनस्पतीको फल हो । सारै थोरै तौलको फरकमा मात्र यसको प्रयोग हुन्छ । वा फरकै छैन भने पनि हुन्छ । हो, साधारण  र असाधारण प्रतिभाको मान्छेमा त्यति नै फरक छ ।  असाधारण मान्छेले साधारणले भन्दा लालगेडी जति बढी मात्र ज्यादा गर्छन । 
साधारण हामीहरुले ठीक भन्छौ । तर असाधारण उनीहरु अलि बढी ठीक भन्छन । साधारण हामीहरु ठीक गर्छौ ।  असाधारणहरु  अलि बढि ठीक गर्छन । सेतो र रातो बीचमा असाधारणहरु  खैरो बन्छन । कोइलाहरुको बीचबाट नै हिरा  जन्मन्छ । यो कुनै अलौकिक र दैविक तत्व होइन । हिरा बन्नु भनेको कोइला भन्दा बढी काम गर्नु हो । 

हामी र बुद्धमा पनि केही फरक छैन । फरक कति मात्र छ, भने बुद्ध फर्केर हेर्छन । हामी कहिल्यै पछि फर्केर हेर्दैनौँ  । हामीसंग जति छ,  हामी त्यसलाई ठीक छ भन्छौ तर असाधारणहरु  अन्तरज्ञान अन्तस्करणलाई ठीक छ कि छैन भनेर सोध्छन । तर हामी अरुका ज्ञानमा अनुभवमा, रणनीतिमा सिपमा विश्वास गर्छौ । 

कोइलाहरु हिरा बन्न राजी नहुन सक्छन ।  तर सबै कोइलाहरुमा हिरा बन्ने गुण जिवित नै हुन्छ ।  हामीले चाही आफूलाई साधारणमा खुम्चयाई दिएका छौँ ।   जब हामी असाधारण हुने ढोका बन्द गर्छौ । तब हामी सिधै रोकिन्छौ । बढी जिम गर्नेले राम्रो शरीर बनाउँदछ । पानीमा पनि भिजेर दौडिनेले नै दौड जित्छ । हामीले अतिरिक्त गर्नुपर्छ । अरु भन्दा थोरै बढी मात्र गर्नुपर्छ । थोरै थप्नु पर्छ, थोरै बढाउनु पर्छ । 

विश्व बक्सर मुहमद्ध अलि भोलिको बक्सिङ्गको रिङ्गमा आफूले सधै जितेका मात्र कल्पना गर्थे । अतिकति मात्र अतिरिक्त गर्नु पर्छ । आफू भित्रको अतिरिक्तलाई रुपान्तरण गर्न मात्र खोज्नु पर्छ । शक्ति बढ्छ । 

यो संसारमा ४५ प्रतिशत मान्छेहरु लजालु र विनम्र स्वाभावका हुन्छन । ती मध्ये हामी पनि धक फुकाएर अभिव्याक्ति दिन नसक्ने भित्र पर्छौ । मनको धक फुकाउन नसिक्नु   आफ्नो कम्जोरी हो । किन धक फुकाउन नसकेको भनेर आफैलाइै सोध्नु पर्छ । सही जवाफ आउँदैन् ।  आफ्नो लजालुपनाले आफै पछि पर्ने हो । 

कालो मान्छेले क्रिम दल्दैमा सधैलाई गोरो हुदैन । हामीले आफ्ना जन्मजात गुणहरु किन अरुका लागि बदली दिने । हामीसंग भएका मनका विरोधाभास, लजालुपना, थोरै बोल्नु , राम्रा मान्छेमा हुने सद्गुणहरु नै हुन ।  यसका पनि आफ्नै खाले फाइदा छन् । यस्ता मान्छेलाई बारम्बार काम गर भनेर भन्नै पर्दैन ।  र कम बोल्ने मान्छे सही, इमान्दार, विनम्र, संवेदनशील पनि हुन्छन । उनीहरु मान्छेको भिडमा आफू चिनिन पनि चाहान्दैनन् । उनीहरु अरुहरु कसैको मतलब नै राख्दैनन् । 

जीवनमा विनम्र हुनु भनेको अरु माथि विश्वास गर्नु हो । निदरलैण्डका प्रधानमन्त्री हप्तामा एक दिन स्कूल गएर बच्चाहरुसंग खेल्छन । विनम्रता आजको पछि परेको विषय हो ।  तर हारेको विषय चाही  होइन । 

हामी सबैले आफ्नो व्याक्तित्वको उजागर गर्नुपर्छ । हामीमा जन्मजात जस्तो स्वाभाव छ । त्यो ठुलो कुरा हो ।

नेल्सन मण्डेला चीनको भ्रमणमा जाँदा संघाइ शहरमा बस्दा  उनले आफ्नो  बसेको कोठा आफै सफा पारे । कोठामा भ्याकुम स्पे्र लगाए र तन्दाहरु आफैले फेरे । तर चिनियाँ संस्कारमा पाहुनाले आफै काम गर्नु ठुलो अपमान गरेको मानिन्छ ।

त्यो कोठा सफा गर्ने केटीले अपमान गरेको भने पछि मण्डेला भन्छन -' म सबै काम आफै गर्छु । तपाईले मेरो लागि सफा गरी दिनु भएकोमा म तपाईको कामको उच्च सम्मान पनि गर्छु । तर यो काम गर्ने मेरो बानी नै भइ सक्यो । ओच्छान र कोठा सधै सफा गरीन भने मलाई के गरीन के गरीन भन्ने मानसिकताले सोच्न बाध्य बनाई रहन्छ ।' अब ती  युवती  ढुक्क भइन । हो धक फुकाएर भन्न नसक्नु नै हाम्रोको शक्ति र उर्जा हो । यो भनेको हामी  मीठो तर मधुरो बास्ना दिने फूल जस्तै बन्नु भएको हो ।
हामी हामी बाँचिरहेको जीवनको साचो वा सही लक्ष्य हामीले अझैm फेला पार्न सकेका छैनौ । हाम्रो जिन्दगी आज सम्म पनि लक्ष्य विहीन छ ।हाम्रो अहिलेको जिन्दग हाम्रो   जीवनमा भेटिएका  मान्छेहरुको प्रभावबाट बनेको छ । 

थुप्रै विषयहरुले मात्र आजकाँ हामी बनेका छौँ । हाम्रो जीवन नै   विपरितहरुका कारणले बनको छ । विपरितहरुका कारणले हामीमा  बैचारिक घर्षण आयो ।  र हामी आफुले आफैलाई बनाउन जुधेर, मिलेर, लुकेर, खुलेर आदी गर्दै अगाडी बढि रहेका छौँ  । जानेर नजानेर हामीले जिन्दगीमा अनेकौँ  पिडा पाएका छौ ।  तर ती  जोडिएका कुराले नै हामीलाई  महान बनाएको छ । 

जीवनका  ससाना दुखले नै ठुलाठुला सम्भावनाहरु ल्याइ दिएको हुन्छ । गितारलाई थोरै हिर्काउदा नै उसले कति हो कति मिठो धुनहरु दिन्छ । कठिन व्यथाबाट मात्र जीवनलाई छुन सकिन्छ । जीवनमा सबै कुरा मिसाउनु पर्छ ।  आफूले खोजेको सुख बारम्बार आयो भने त्यो सुखले हामीलाई कुनै मजा दिदैन ।

५ पटक सम्म प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालालाई छैटौँ  पटक प्रधानमन्त्री बन्नोस भन्दा उनले अब मलाई यो फाटेको जुत्ता चाहिन्दैन भनेका थिए । हो हामीले खोजेको सुख आयो भने पनि आफूलाई  त्यसले खासै मजा दिदैन । सुख र खुसीहरु  सुनामी बनेर आए भने मात्र जीवनमा  मस्ति हुन्छ । 

संसारमा अँध्यारोका कारण कति अज्ञानता  आएका हुन्छन । ती विपरित र अज्ञानता नै सबै कुराहरुका आधार बनेका थिए । हामीलाई  पुस माघ सम्झेमा मात्र भदौरे तातोको स्वाद मज्जा लाग्छ । बाँस हेर्दा धेरै अग्लो लाग्छ । तर त्यसको उँचाईको अर्थ कति नै हुन्छ र ?


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै