हिसाबकिताब गरेर राजनीति गर्नु हुँदैन् : शोभा अधिकारी,कांग्रेस युवा नेत्री

नेपाल विद्यार्थी संघमा तीन कार्यकाल काम गरेर आफुलाई राष्ट्रिय राजनीतिमा स्थापित गराएकी शोभा अधिकारीले कांग्रेसको १४ औँ महाधिवेशनका लागि गोरखा जिल्ला क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छिन् । यसै सन्दर्भमा कांग्रेस युवा नेत्री अधिकारीसंग खुलामञ्चले गरेको छोटो कुराकानी : 

गोरखा जिल्ला क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनु भएको छ,तपाईका क्षेत्रका मतदाताको प्रतिक्रिया कस्तो छ ? 

ad

म गोरखा जिल्लाकी चेली हुँ । सबैकी प्रिय पनि छु । विद्यार्थी काल देखिनै राजनीति गरेकी मलाई गोरखा कांग्रेसजनले असाध्यै  प्रेम गर्नुहुन्छ । मैले नेपाल विद्यार्थी संघमा तीन कार्यकाल केन्द्रीय सदस्य भएर काम गरेकी छु । अहिलेका चिर्चित एवं लोकप्रिय नेता विश्वप्रकाश शर्मा नेविसंघको सभापति हुँदा म पद्यकन्या क्याम्पसको स्ववियू उपसभापति,गुरुराज घिमिरे ,केशव सिंह र महेन्द्र शर्मा नेविसंघको केन्द्रीय सभापति हुँदा म नेविसंघकै केन्द्रीय सदस्य थिएँ ।र प्रदीप पौडेल नेविसंघको उपसभापति रहेको   केन्द्रीय कार्यसमितिमा म सदस्य थिएँ । 

गगन थापा जस्ता होनहार व्यक्ति नेविसंघको महामन्त्री हुँदा म कार्यसमिति सदस्य थिए । कस्ता मान्छहरुेसंग काम गरिएको छ , भन्ने कुराले हरेक क्षेत्रमा अर्थ राख्छ । अझ राजनीतिमा त कस्तो नेतृत्वमा काम गरेको थियो भन्ने कुरा निकै खोजि हुन्छ । नेविसंघको म केन्द्रीय  कार्यसमिति सदस्य भइरहँदा नेतृत्व पनि निकै जुझारु थियो । समय पनि चुनौती पूर्ण थियो । यसले मलाई राजनीतिमा तिखार्न सहयोग पुर्यायो । 

पद्य कन्या क्याम्पस, बागबजारको स्ववियू नेतृत्वमा बसेर मैले विद्यार्थी आन्दोलनलाई हाँकेकी छु । मेरो विगतलाई गोरखा कांग्रेसले राम्रोसंग बुझेको छ । यसकारण उहाँहरुको प्रतिक्रिया मेरा प्रति अत्यन्तै सकरात्मक छ । 

विद्यार्थी राजनीतिबाट अगाडि बढेका नेताकार्यकर्ताहरु गाउँगाउँका कार्यकर्ताहरुसंग घुलन हुन गाह्रो छ,भन्छन् नि ?

मेरा धेरै दावी छैनन् । राजनीतिमा पढेलेखेका महिलाको पनि सहभागिताको जरुरी छ । म दुईवटा विषयमा स्नातकोत्तर गरेकी महिला हुँ । विद्यार्थी राजनीतिमा मैले लामो समय काम गरेकी छु । पार्टी राजनीतिमा पनि मेरो राम्रो अनुभव छ । म केन्द्र देखि स्थानीय तहको राजनीतिमा सहजै घुलमिल गर्न सक्छु । जिल्लाको राजनीतिलाई थप बलियो बनाउन र आउँदै गरेको स्थानीय , प्रदेश अनि संघीय निर्वाचनमा गोरखा कांग्रेसको जित सुनिश्चित गराउनका लागि पनि मैले महाधिवेशन प्रतिनिधिमा आफुलाई उभ्याएकी छु । कांग्रेस सबैको पार्टी हो । यसमा सबैको समान सम्मान र अधिकार हुन्छ भन्ने कुरालाई अझ स्थापित गराउन पनि मैले पार्टीमा काम गर्नु पर्छ भन्ने सोचेकी छु । 

यो त सरासर झुट हो । बरु विद्यार्थी राजनीति गरेका व्यक्तिहरु शहर र गाउँका कार्यकर्ताहरुसंग सहकार्य गर्न सक्छन् । हामीसंबैलाई थाहा छ - विद्यार्थी संगठनबाट  पार्टी राजनीतिमा प्रवेश गरेका राजनीतिक कर्मीले  जस्तो पार्टीलाई प्रेम अरुले गर्न सक्दैनन् । आफ्नो माउँ पार्टीलाई हर तरह जोगाउन राजनीतिमा सक्रिय विद्यार्थीले के मात्रै गर्दैैनन् होला !  गरेका छैनन् होला !   मैले भनिरहनु पर्दैन । इतिहास साक्षी छ । हो म पनि त्यही समयबाट अगाडि आएकी कार्यकर्ता हुँ । विद्यार्थी राजनीतिले मलाई  अनुशासन र संघर्ष दुवै सिकाएको छ । यति बेला मैले गोरखा क्षेत्र नम्बर २ (मेरो निर्वाचनमा) मेरो राजनीतिक अनुशासन र संघर्षको  परीक्षा पनि दिइरहेकी छु । यसो भनिरहँदा मैले दिँदै गरेको यो चुनावी परीक्षामा साच्चिकै माया पनि  पाइरहेकी छु । 

तपाईको संघर्ष अनुसार तपाईको राजनीतिक उपलब्धि अलि कम भयो कि ! कसरी समीक्षा गर्नुहुन्छ ? 

हिसाब किताब गरेर राजनीति गर्नु हुँदैन् । राजनीतिक समर्पण  समाज र देशका लागि   हो । मैलै विद्यार्थी राजनीतिमा झण्डै २ दशक भन्दा  विताएँ । इमानदारीपूर्ण ढंगबाट काम पनि गरे । तर कामको व्यक्तिगत प्रतिफल कहिल्यै खोजिन । मेरो कामको मूल्यांकन त पार्टी नेतृत्व र पार्टी कार्यकर्ताले गर्ने कुरा हो । मैले त पार्टीलाई योगदान दिँदै जाने हो । प्रतिफल खोज्ने पक्षमा म छैन् । 

महाधिवेशन प्रतिनिधिमा तपाईलाई किन चयन गर्ने ?

मेरा धेरै दावी छैनन् । राजनीतिमा पढेलेखेका महिलाको पनि सहभागिताको जरुरी छ । म दुईवटा विषयमा स्नातकोत्तर गरेकी महिला हुँ । विद्यार्थी राजनीतिमा मैले लामो समय काम गरेकी छु । पार्टी राजनीतिमा पनि मेरो राम्रो अनुभव छ । म केन्द्र देखि स्थानीय तहको राजनीतिमा सहजै घुलमिल गर्न सक्छु । जिल्लाको राजनीतिलाई थप बलियो बनाउन र आउँदै गरेको स्थानीय , प्रदेश अनि संघीय निर्वाचनमा गोरखा कांग्रेसको जित सुनिश्चित गराउनका लागि पनि मैले महाधिवेशन प्रतिनिधिमा आफुलाई उभ्याएकी छु । कांग्रेस सबैको पार्टी हो । यसमा सबैको समान सम्मान र अधिकार हुन्छ भन्ने कुरालाई अझ स्थापित गराउन पनि मैले पार्टीमा काम गर्नु पर्छ भन्ने सोचेकी छु । 

जित निश्चित छ ? 

मेरा क्षेत्रका आदरणीय कांग्रेसजनको माया र स्नेहका कारण मेरो जित निश्चित छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै