गायिका ईन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट 

काठमाडौंः गायिका ईन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । उनले हिजो खुम्बु पुगेर शरदसँग इन्गेजमेन्ट गरेकी हुन् । 

केही वर्षदेखि प्रेममा रहेका उनीहरूले हिजो हेलिकप्टरमार्फत खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन् । 

ad

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले ईन्दिरालाई औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेका थिए । उनले टिकटकमा भिडिओ राख्दै ईन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना दिएका छन्।

हेलिकोप्टरबाट खुम्बु पुगेपछि शरदले इन्दिरालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका थिए । इन्दिराले आफूले सरदको प्र्र्रस्ताव स्वीकार गरेको बताएक्री छन् । 

इन्गेजमेन्टपछि ईन्दिराले औँठी लाएको फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । उनले फोटो सार्वजनिक गर्दै लेखेकी छन्, ‘उनले मलाई सोधे, के तिमी मसँग विवाह गर्छौ ? अनि मैले भनेँ–गर्छु । म तिमीलाई माया गर्छु शरद ।’

गएको वर्षको फागुन महिनाको पहिलो हप्ता ईन्दिराले आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता ... अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।'

त्यसबेला ईन्दिराले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक गरेकी थिइनन्। त्यसले नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी ईन्दिराका फ्यान र शुभचिन्तकहरुको खुल्दुली बढाएको थियो। खुम्बु पुगेर शरदसँग इन्गेजमेन्ट गरेसँगै उक्त खुल्दुली सकिएको छ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै