आईपीएल क्रिकेट : बैंगलोरलाई हराउँदै चेन्नई शीर्षस्थानमा

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा चेन्नई सुपर किंग्सद्वारा रोयल च्यालेन्जर्स बैंगलोर पराजित भएको छ । 

शारजाहमा शुक्रबार राति भएको खेलमा बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । 

बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर १ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

चेन्नईका लागि ऋतुराज गायकवाडले सर्वाधिक ३८ रन जोडे । यस्तै, अम्बाती रायाडु ३२, फाप डु प्लेसिस ३१, मोइन अली २३, सुरेश रैना १७ तथा महेन्द्र सिंह धोनीले ११ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले २ तथा युजभेन्द्र चाहल र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो ।

बैंगलोरका लागि देवदत्त पडिकल र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । उनीहरुले क्रमशः ७७ र ५३ रनको अर्धशतीय अंक जोडे । यस्तै एबी डी भिलियर्सले १२ र ग्लेन म्याक्सवेलले ११ रन जोडे ।

चेन्नईका ड्वाने ब्राभोले ३, शार्दुल ठाकुरले २ तथा दिपक चाहरले १ विकेट लिए ।

यो जितसँगै चेन्नई ९ खेलबाट १४ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ । १० अंक जोडेको बैंगलोर तेस्रो स्थानमा छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै