नेपालका प्रथम नागरिक प्रधानमन्त्री एवं २००७ सालको जनक्रान्तिका अथक योद्धा, नेपाली कांग्रेसका संस्थापक सदस्य मातृकाप्रसाद कोइरालाकी नातिनी नेपाल कम्युनिस्ट पार्टीका एक प्रभावशाली नेता कमल कोइरालाकी छोरी तथा बीपी कोइरालाकी नातिनी ऋचा कोइराला यति बेला चर्चामा छिन् । उनी नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र १ को वडा नम्बर १० बाट क्षेत्रीय प्रतिनिधि चयन भएसंगै चर्चामा आएकी हुन् । उनका पिता कमल कोइराला एक निष्ठावान कम्युनिस्ट नेता मानिन्छन् ।
अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर ऋचा पारिवारिक प्रभावका कारण राजनीतिमा आएको बताउँछिन् ।
प्रस्तुत छ : पिताको राजनीतिक बाटो नहिडेर ऋचा एकाएक कांग्रेसको राजनीतिमा आउनुको कारणबारे खुलामञ्चका लागि मुना बोहोराले ऋचासंग गरेको छोटो कुराकानी :
- कांग्रेसको १४औँ महाधिवेशनमा आएर राजनीतिमा तपाईको रुची सार्वजनिक भयो , पहिले देखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो कि ?
म पूर्ण राजनीतिक परिवारमा जन्मिए । मेरा हजुरबुबाहरु मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोयरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनको जग बसाउनुभयो । तीन जना हजुर बुबाहरु नेपालका प्रधानमन्त्री पनि बन्नु भयो । मेरा बुबा कांग्रेस परिवारमा जनिमएर पनि कम्युनिस्ट राजनीतिमा लाग्नु भयो । उहाँले पनि नेपालको प्रजातानित्रक आन्दोलनमा निकै महत्वपूर्ण भूमिका खेल्नु भएको छ । पिता कम्युनिस्ट राजनीतिको एक प्रभावशाली नेता भए पनि हाम्रा घरमा कांग्रेस -कम्युनिस्टका नेता कार्यकर्ताहरु आइरहनुहुन्थ्यो । घर एक किसिमले पार्टी कार्यालय जस्तो थियो । यस कारण पनि ममा राजनीतिको रस सानै देखि पसेको पक्कै थियो । तर आफ्नो अध्ययन र पारिवारिक कारणले म सक्रिय राजनीतिमा आउन सकेको थिईन ।
राजनीति व्यक्तिगत स्वतन्त्रताको कुरा हो । यसकारण मेरा बुबा कम्युनिस्ट बन्नु भयो । म कांग्रेस । यो हाम्रो व्यक्तिगत स्वतन्त्रताको विषय हो । मलाई कम्युनिस्ट सिद्धान्त मन परेन । कांग्रेसले प्रजातन्त्र र स्वतन्त्रताका बारेमा जति सोच्न सक्छ । त्यति कम्युनिस्टले सोच्न सक्छ भन्ने मलाई लाग्दैन ।
राजनीतिमा चासो राख्ने र राजनीतिक काम गर्ने सन्दर्भमा म पहिले देखि नै रुची राख्थे । प्रचारप्रसार मलाई मन पर्दैन थियो । अहिले कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा आए पछि मेरो राजनीतिक रुची सार्वजनिक भएको मात्रै हो ।
- तपाईका हजुरबुबा कांग्रेसका संस्थापक नेता ,सिंगो कोइराला परिवार नेपाली कांग्रेस हुँदाहुँदै तपाईका बुबा कमल कोइराला कम्युनिस्ट राजनीतिमा लाग्नु मात्रै भएन । कम्युनिस्ट राजनीतका ठूलो नेता समेत बन्नुभयो । अहिले तपाई कांग्रेसको राजनीति गर्दै हुनुहुन्छ । बुबाले समात्नु भएको राजनीतिक बाटो किन समात्नु भएन ?
नेपाली समाजले पनि हाम्रो परिवार भित्रको प्रजातान्त्रिक स्वतन्त्रताका बारेमा उदाहरण दिने गर्छ । मेरा बुबा कम्युनिस्ट राजनीतिमा लागेर जेल चलान हुँदा हजुरबा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । आफ्नो सरकारका विरुद्धमा छोराले विद्रोह गर्दा कानून बमोजिम जेल हाल्नु भएका हजुरबा र हजुरआमाले छोरालाई किन कम्युनिस्ट भएको भनेर कहिल्यै सोध्नु भएन छ ।
राजनीति व्यक्तिगत स्वतन्त्रताको कुरा हो । यसकारण मेरा बुबा कम्युनिस्ट बन्नु भयो । म कांग्रेस । यो हाम्रो व्यक्तिगत स्वतन्त्रताको विषय हो । मलाई कम्युनिस्ट सिद्धान्त मन परेन । कांग्रेसले प्रजातन्त्र र स्वतन्त्रताका बारेमा जति सोच्न सक्छ । त्यति कम्युनिस्टले सोच्न सक्छ भन्ने मलाई लाग्दैन ।
नेपाली कम्युनिस्ट राजनीतिका नेता मेरा बुबाले म कांग्रेसको राजनीति गर्न लागेकामा सार्वजनिक रुपमा सामाजिक संजालबाट मलाई शुभकामना दिनु भएको छ । हाम्रो परिवारमा पूर्ण स्वतन्त्रता र पूर्ण प्रजातन्त्र छ ।
-बुबाले कम्युनिस्टको राजनीतिक गर्ने ! छोरीले कांग्रेसको ! राजनीतिकका कारण बाबुछोरीमा समस्या त नआउला ?
किन समस्या आउने ? उहाँ कम्युनिस्ट बन्दा उहाँका बुबा (मेरा हजुरबुबा)ले कुनै अवरोध गर्नु भएन । अहिले म कांग्रेस छु । मेरा कम्युनिस्ट बुबाले पनि केही भन्नु हुन्न । नेपाली कम्युनिस्ट राजनीतिका नेता मेरा बुबाले म कांग्रेसको राजनीति गर्न लागेकामा सार्वजनिक रुपमा सामाजिक संजालबाट मलाई शुभकामना दिनु भएको छ ।
हाम्रो परिवारमा पूर्ण स्वतन्त्रता र पूर्ण प्रजातन्त्र छ । अर्को कुरा बुबा जस्तो मेरो ठूलो शुभेच्छुक अर्को को हुन सक्छ ? उहाँ म प्रति पूर्ण विश्वास र भरोशा राख्नु हुन्छ । बुबा जस्तो सकरात्मक सोच भएको मानिस सायद कमै छन् । बुबाको इच्छा पनि म सामाजिक र राजनीतिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने छ ।
म राजनीतिमा आउँदा बुबालाई आनन्द लागेको छ । राजनीतिका ज्ञाता मेरा बुबाले मलाई धेरै कुरा सिकाउनु हुन्छ ।
-तपाई राजनीतिमा सक्रिय हुँदा कोइराला परिवारका कांग्रेस नेताहरुको साथसहयोग पनि छ कि ?
राजनीतिमा परिवार भन्ने हुँदैन । संघर्ष र योगदानको कुरा हुन्छ । डाक्टर शशांक, डाक्टर शेखर र सुजाता कोइराला उहाँहरु हाम्रो परिवारका अग्रज । नेपाली कांग्रेसका आदरणीय नेता हुनुहुन्छ । उहाँहरुसंग मेरो पारिवारिक सम्बन्ध एक किसिमको हु्न्छ । भने राजनीतिमा म उहाँहरुको कार्यकर्ता हो । अरुलाई जस्तो साथ सहयोग गर्नुहुन्छ, मलाई पनि त्यस्तै साथ सहयोग उहाँहरुबाट हु्न्छ । म उहाँहरुकी भतिजी र बहिनी भएका कारण सल्लाह र सुझाव अलि बढी हुने स्वभाविक नै हो ।
राजनीतिमा परिवार भन्ने हुँदैन । संघर्ष र योगदानको कुरा हुन्छ ।
-क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ , अबको राजनीतिक बाटो कस्तो हुनेछ ?
महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा काठमाडौं क्षेत्र नम्बर १ ,वाड नम्बर, १० का आदरणीय कांग्रेसजनहरुले मलाई चयन गर्नु भएको छ । यसले मलाई थप जिम्मेवार पनि बनाएको छ । मैले अझ बढी काम गर्नु छ । सबैको साथ सल्लाह अनुसार म अगाडि बढ्ने छु ।
-राजनीतिमा तपाईले देख्नु भएका सपनाहरु कस्ता छन् ?
मेरो त्यस्तो ठूलो सपना केही छैन् । राजनीति सामाजिक कार्य भएका कारण सेवामा समर्पण हुने र सक्दो देश विकासका काम गर्ने हो ।
हो यस्तै सोच भएका महिलालाई राजनीतिमा ल्याउनु पर्छ । रिचा दिदी जय नेपाल ।
रिचा मेमका कुरा मन परे ।महिला राजनीतिमा आउनु पर्छ । मुना बहिनीका लेख यस्ता अन्तरवार्ता खुब मन पर्छ मलाई त । राम्रो गर्नु है मुना मेमबहिनी ।मुना बहिनीका कार्यक्रमहरु रेडियोमा पनि सुन्थे
यस्तै पढेलेखेका महिला राजनीतिमा आउनु पर्छ । शुभकामना रिचालाई ।
अत्यन्तै राम्रा कुरा ।
कम्युनिस्टका आर्दशवादी नेता कमल कोइरालाकी छोरी कांग्रेस मन परेन । रिचाजी सच्चिनुस् ।