लुम्बिनीको थप पर्यटन प्रवर्धन गर्न आग्रह

काठमाडौँ : परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवर्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । 

लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्धन कार्यक्रम सञ्चालन  गर्न आग्रह गरेको हो । 

ad

लण्डनस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा विश्वमा अहिंसा र शान्तिको सन्देश दिने गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवर्धन गर्न र राहदानीमा लुम्बिनीलाई समावेश गराउन  भनिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै