दूरसञ्चार प्राधिकरणले दियो विद्युत प्राधिकरणलाई कारबाहीको चेतावनी

काठमाडौंः नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विधूत प्राधिकरणलाई कारबाहीको चेतावनी दिएको छ । 

देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै दूरसञ्चार प्राधिकरले विद्युत प्राधिकरणलाई कारबाहीको चेतावनी दिएको हो । 

ad

दूरसञ्चारले आज एक विज्ञप्ति जारी गर्दै विधुत प्राधिकरणकै कारण देशका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ । 

दूरसञ्चारले इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिल फाइबर नकाट्न विधूत प्राधिकरणलाई आग्रह गरेको छ । 

“अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ, यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण दुखः व्यक्त गर्दछ्र”, दूरसञ्चारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 दूरसञ्चार प्राधिकरणले सबै पक्षको आपसी छलफल मार्फत समस्या समाधान गर्न समेत नेपाल विधूत प्राधिकरणलाई आग्रह गरेको छ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै