मासु खानु पर्छ,राक्षसी प्रवृत्तिमा होइन !

शिव सुनार 
रेक दसैमा  मासु खाने र नखाने बीच एउटा कडा वादविवाद, वबहस तथा छलफल  हुने गर्दछ । त्यति मात्र होइन मासु नखानेले मासु खानेहरुलाई राक्षस सम्मको संज्ञा दिने गर्दछन् । त्यसैले एउटा प्रश्न सँधै मनमा खेलिरहन्छ के मासुखानेहरु सबै राक्षस हुन् त ? त्यसो भए डाक्टर , बैद्य, धार्मिक गुरुहरुले समेत किन मासु खाएका होलान्रु अनि मासु हामी मानव शरीरका लागि किन आवश्यक छैन । भन्ने  निष्कर्षहरुकिन नआएका होलान् ।

कुनै पनि प्रतियोगितामा मासु खानेले मात्रै या नखानेले मात्रै जितेको रेकर्ड छ र रु अब अर्कोे प्रश्न , के मानिसले मासु नखाएको भए आज सम्म मानव इतिहास यहाँ सम्म आउन सम्भव हुन्थ्यो होला त ? यो संसारमा प्रजनन क्षमता भएका कयौँ प्राणीहरु छन् । तिनीहरुलाई निर्वाध रुपमा छाड्ने हो,  भने के साँच्चै आज हामी मानव रहिर हन्थ्यौ होला त ? उदाहरणको लागि  एउटा बाख्रोले उसको जीवनकालमा कति पटक सन्तान जन्माउँछ ? मानौ १० पटक , १० पटकमा सामान्यतया २ वटाको दरले हिसाब गर्दा २० वटा बाख्रा जन्मन्छन् ।  उसले जन्माएको सन्तानले फेरी ६ महिनामा नयाँ सन्तान दिन सक्षम हुन्छ । अब उसले जन्माएका २० सन्तान मध्ये प्रत्येकले नयाँ २० जन्माउछन् । 

ad

मासु खानु गलत होइन । मानव शरीरका लागि मासु अनिवार्य जस्तै छ । तर मासु खाने तरिका चाहिँ सही हुन जरुरी छ । दसैँका नामा एकैजनाले किलोकाकिलो मासु खाँदा अस्वभाविक देखिन्छ ,राक्षसी प्रवृत्ति जस्तो ।
 

यसरी संख्या बढ्दै जाने हो भने सोचौँ  त ! १० वर्षमा बाख्राको संख्या कति पुग्ला ? यो त गर्भअवधि ६ महिना रहेको जीवको हिसाब भयो  २१ दिनमा नयाँ सन्तान दिन परिपक्क हुने कुखुराको यस्तै हिसाब कति निस्कन्छ होला ? अनि हिंस्रक प्राणहरुले हामीलाई बाँकि राख्लान् ?  वास्तवमा खसी, बोका , कुखुरा लगायतका मानिसले मासु खाने जीवहरु मनिसको आर्थिक उपार्जनको साधन पनि होइन र ?  मानिसहरुले मासु नै खाएनन भने तिनीहरु पाल्नुको कुनै अर्थ रहन्छ ? 

यसरी हेर्दा  खसी र बोका बेचेको पैशाले दसैँ मनाउनेहरुले  मासुखानेहरुको  विरोध गर्न सुहाउँछ ? जीवनभर दुध खाएर उसको प्रजनन क्षमता समाप्त भई राँगो  नलाएको झोकमा मम बनाउन बुुढी भैसी बेच्नेहरुले मासु खानेहरुको विरोध गर्न सुहाउँछ ? मासु मासु नखानेहरुले मासुखानेहरुला्रई खानेलाई राक्षसको उपमा  भन्द दिँदै  काटमारलाई प्रोत्साहित गरेको आरोप लगाउनु आफैमा गलत हो । 

यति बेला पशु अधिकारको पनि निकै कुरा उठिरहेको छ । पशु अधिकारको कुरा उठाउनेहरुले मात्रै पशुलाई प्रेम गर्छन भन्ने पनि गलत हो । जनावहरुसंग प्रति जो कोही मानिस रमाउँछ । तर रमाउनु र अधिकारका कुरा गर्नुले संसार चल्दैन ।

यदि पशु पालनलाई व्यवसाय नबनाउने हो भने संसारको आर्थिक अवश्था कस्तो होला ?  यसका बारेमा पनि सोचौ । यस बेला पशु बध गर्ने तरिकाको बारेमा चर्चा हुनु जरुरी छ । कम भन्दा कम पीडामा पशुको बध गर्ने तरिकाका बारेमा वहस गरौँ । बरु पशु  ढुवानी गर्दा पशुलाई दिइने दुःखका बारेमा  हामीले आवाज उठाउनु परेको छ ।

मासु खानु र नखानु व्यक्तिगत स्वतन्त्रताको कुरा हो  । त्यसैले मासु नखानेहरुलाई अप्ठयारो पर्ने कुनै व्यवहार कसैले पनि गर्नुहुँदैन ।मासु नखानेहरुले पनि खानेहरुका विरुद्धमा तथानाम भन्नु आफैमा गलत हो ।  

पशु अधिकारको कुरा उठाउनेहरुले मात्रै पशुलाई प्रेम गर्छन भन्ने पनि गलत हो । जनावहरुसंग प्रति जो कोही मानिस रमाउँछ । तर रमाउनु र अधिकारका कुरा गर्नुले संसार चल्दैन ।

कारोनाले चटक्कै नछोडे पनि नेपालीहरुलाई विस्तारै दसैंँले छोइसकेको छ । जसलाई विदेशबाट घर फर्कने नेपालीहरुको संख्याले होस् या शहरबाट गाउँ फर्कने मानिसहरुको संख्याले थप पुष्टि गर्दछ । कतिपयले दसैको लागि खरिद गरेका तथा तयार गरी पालिराखिएका खसी , बोका तथा राँगाहरुको फोटो सार्वजनिक गर्न पनि भ्याईसकेका छन् । भने कतिपयले चाहिँ दसैको लागि मासु जोहो गर्न सुरु गरेका छन् । मासु नखानेहरुले पनि खानेहरुका विरुद्धमा तथानाम भन्नु आफैमा गलत हो । 

मासु खानु गलत होइन । मानव शरीरका लागि मासु अनिवार्य जस्तै छ । तर मासु खाने तरिका चाहिँ सही हुन जरुरी छ । दसैँका नामा एकैजनाले किलोकाकिलो मासु खाँदा अस्वभाविक देखिन्छ ,राक्षसी प्रवृत्ति जस्तो ।

प्राप्त प्रतिकृयाहरू

Radha pun magar लेख्नुहुन्छ (२०७८ असोज १७ आइतबार ५:३५ pm )

Thik vanyuo tmlay shiva

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै