आईपीएल क्रिकेट : दिल्लीद्वारा चेन्नई पराजित

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । 

युएईको दुबईमा सोमबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको हो । 

चेन्नईले जितका लागि दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ३९ रन बनाए । यस्तै, शिम्रन हिटमायर २८, पृथ्वी श र रिपल पटेलले समान १८–१८ रन जोडे ।

चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २–२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो ।

चेन्नईका अम्बाती रायडुले ५५ रनको अर्धशतकीय पारी । यस्तै, रोबिन उथप्पाले १९ तथा महेन्द्र सिंह धोनीले १८ रनको योगदान दिए ।

दिल्लीका अक्षर पटेलले २ विकेट लिए ।

यो जितसँगै दिल्ली १३ खेलबाट २० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १८ अंक जोडेको चेन्नई दोस्रो स्थानमा छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै