सुषमा आचार्य अंशु 

र्खा ऋतुले 
विदालिएर 
सरद ऋतुको 
स्वागतमा
फुलहरू फुलिसके
बगैँचा भरि
अर्को साल आउने 
वाचा गर्दै 
हस्तान्तरण गरी 
दायित्व

ad

तर पर्खाइले 
मिलनलाई
हस्तान्तरण गर्न पाएन
परदेश गएको छोरो
फर्केर आएन

बाटो हेर्दा हेर्दै थाकिसकेका
नजरले 
छुट्टी पाउने 
सम्भावना देखिएन
बर्खाले भिजाएको 
धर्ती ओभाइसक्यो 
तर यो वर्ष पनि
आमाको आँखा ओभाउने 
छाँटकाट भएन
प्रतीक्षाले आराम
पाउने भएन

लिपपोत 
सरसफाई
मर्मत सम्भार 
सबै भइसक्यो 
गाउँको मैदानमा
मच्चि सक्यो लिङ्गे पिङ  
दसैँको लागि भनी पालेको 
खसी भयो घोर्ले  
सिसीमा काँक्राको खल्पी
बारी भरि तोरीको साग
बगैँचामा ढकमक्क फूल
तयारी पूर्ण छ
तर हृदय शून्य

जमरा राखि  सकियो 
फुलपाती
भित्र्याउने भएको छ तयारी 
कुरिरहेको छ आँगन
सबै परिवार भेला भएर
विजयादशमी मनाउने
तर
उता छोरोले 
यो पटक पनि
विदा पाएन
यता आमाको 
मनको खिन्नताले

माहोलमा
दसैँ त आयो 
हृदयमा
दसैँ आउन सकेन 
खुसियाली
छचल्किनु पर्ने आँखामा
वेदनाको भाव
झल्किएको छ 
यस्तै छ परदेश 
भएकाको हालत
हरेक दसैँका घरमा
यो चहलपहलको
शहरमा !!

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै