आईपीएल क्रिकेट : बैंगलोरद्वारा दिल्ली पराजित

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सानदार जित निकालेको छ ।

युएईको दुबईमा शुक्रबार राति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

बैंगलोरका श्रीकर भारतले ७८ रन तथा ग्लेन म्याक्सवेलले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, एबी डी भिलियर्सले २६ रन जोड्दा कप्तान विराट कोहली ४ रनमा आउट भए । देवदत्त पड्डीकल सुन्य रनमा पेभेलियन फर्किए ।

दिल्लीका एन्रिच नोर्कियाले २ तथा अक्षर पटेलले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ४८ रन बनाए । यस्तै, शिखर धवन ४३, शिम्रन हिटमायर २९, श्रेयस आयर १८ र ऋषव पन्तले १० रनको योगदान दिए ।

बैंगलोरका मोहमद सिराजले २ तथा युजभेन्द्र चाहल, हर्सल पटेल र डान क्रिसले एक–एक विकेट लिए ।

यो जितसँगै बैंगलोर १४ खेलबाट १८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।  २० अंक जोडेको दिल्ली शीर्ष स्थानमा छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै