आईपीएल क्रिकेट : चेन्नई फाइनलमा प्रवेश

काठमाडौँ चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको  फाइनलमा प्रवेश गरेको छ ।

युएइको दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई फाइनलमा प्रवेश गरेको हो ।

ad

दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो । 

चेन्नईका रुतुराज गायकवाड र रोबिन उथप्पाले क्रमशः ७० र ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, महेन्द्र सिंह धोनी १८ तथा मोइन अलीले १६ रन जोडे ।

दिल्लीका टम करणले ३ तथा एनरिच नोर्किया र अभेस खानले एक–एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

दिल्लीका पृथ्वी शले ६० तथा ऋषव पन्तले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, शिम्रन हिटमायर ३७ तथा अक्षर पटेलले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।  

चेन्नईका जोस हाजलउडले २ तथा रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले १–१ विकेट लिए ।

दिल्लीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । एलिमिनेटरमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै