नेसन्स लिगको उपाधि फ्रान्सलाई

काठमाडौँ : विश्व विजेता फ्रान्स युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति मिलानो इटालीमा भएको खेलमा स्पेनलाई २–१ गोलले हराउँदै फ्रान्सले उपाधि जितेको हो ।

फ्रान्सका करिम बेन्जेमा र केलियन एमबाप्पेले एक–एक गोल गरेका थिए । स्पेनका मिकेल ओयरजावालको एक गोल गरेका थिए । 

ad

खेलको ६४औँ मिनेटमा स्पेनका ओयरजावालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ६६औं मिनेटमा बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

त्यसपछि ८०औँ मिनेटमा एमबाप्पेले गरेको गोलसँगै फ्रान्स २–१ गोलले विजयी हुँदै उपाधि जित्न सफल भयो ।

यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै