निफ्राले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौंः नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यस अघि प्रस्ताव गरिएको अर्थिक वर्षको लाभांश संशोधन गरेको छ । 

निफ्राले नेपाल राष्ट्र बैंकको निर्देशनानुसार लाभांश परिमार्जन गरिएको जनाएको छ ।

ad

बैंकले आर्थिक वर्ष २०७७र०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकको निर्देशनानुसार बैंकले त्यसलाई संशोधन गर्दै सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पनि दिने प्रस्ताव गरेको हो।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ । त्यपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै