मनोज गजुरेल गरे अधिकृत मञ्जु पोखरेलसँग विवाह

काठमाडौंः चर्चित हास्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन्।

उनले आजसामाजिक सञ्जाल फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै आफूले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेको जानकारी दिएका छन् ।

ad

उनले आज बिहान डोलेश्वर महादेवको दर्शनपछि परिवारको उपस्थितिमा विवाह सम्पन्न गरेको बताए । 

गजुरेलले भनेका छन्,‘आफन्त, साथी तथा शुभचिन्तकहरुलाई  यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका  बुवाआमालाई खाना खुवाएररखाएर विवाह सम्पन्न गरेकाछौँ । '

साथै उनले परिस्थिति सिर्जित आफूहरुको नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएपछि साथदिने सहयात्रीको अभाव भएपछि आफूले दोस्रो विवादह गरेको उनले बताए । विवाहको निर्णयमा पुग्न बाबुनानीहरुको सुझाव र सहमतीले ठूलो मद्धत गरेको उनको भनाइ छ । 

‘मेरो भेट नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं । एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने  बाचा गर्यौं । अगाडि आईपर्ने सु–ख र दु–खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो । ',उनका छन् ।

गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

 

आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी ! जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४...

Posted by Manoj Gajurel on Sunday, October 10, 2021

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै