संसदमा एमालेको नाराः गोली हान्न पाइदैन ,जनता मार्न पाइदैन 

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकबाट रेलवे विद्येयक फिर्ता लिने प्रस्ताव पारित भएको छ । 

सभामुख अग्निप्रसााद सापकोटाको अनुमतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले राष्ट्रसभामा उत्पति भइ प्रतिनिधिसभामा विचाराधीन रहेको रेलवे विद्येयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव बहुमतले पारित गरेको हो । 

यस्तै आजको बैठकमाप्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय मन्त्री दिलेन्द बडुले  ‘मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आ.व) २०७७–७८०’ पेश गरेका छन्। 

बैठकको सुरु मै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेको छ । सभामुख सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । 

उनीहरुले गोली हान्न पाइदैन, जनता मार्न पाइदैन, सवोच्चता मर्यादा कायम गर, कालो धन हामीलाई चाहिदैन ,देश लुट्न पाइदैन लगायतका नारा लगाइरहेका छन् । 

नाराबाजी कै बीच सभामुख सापकोटाले बैठक अघि बढाएका हुन् । बैठकमा सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् । 

प्रतिनिधिसभाको अर्को बैठक कात्तिक ९ गते बस्नेछ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै