नेप्से दोहोरो अंकले घट्दा, इन्भेष्टमेन्ट र म्यूचुअल फण्ड बढ्यो

काठमाडौंः साताको पहिलो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । 

आज नेप्से परिसूचक २३.१९अंकले घटेर २६३९.३७ अंकमा आएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ५.५६ अंकले घटेर ४९४.२२ अंकमा झरेको छ। 

ad

आज विभिन्न २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता सेयर ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँ बराबरमा कारोबार भएको छ । कारोबारमा आएका मध्ये इन्भेष्टमेन्ट र म्यूचुअल फण्डबाहेकका अन्य सबै उपसूचक ओरालो लागेको छ । सबैभन्दा बढी अन्य उपसूचक २.२१ अंकले घटेको छ । 

ग्लोबल आइएमई समुन्नत स्कीम करिब १० प्रतिशत बढ्यो भने सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने ७.८८ प्रतिशतले बढेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै