थप ७८५ जनामा कोरोना संक्रमण,१२ जनाको मृत्यु 

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

ad

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ 

यस्तै पछिल्लो २४ घण्टामा  ८८८ जना निको भएका छन् । हालसम्म ७ लाख ७६ हजार ८३१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ७८७ जना रहेका छन् । जसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१४ जना आईसीयू र १११ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३१ जना क्वारेन्टिनमा रहेका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै