सभापति देउवाले पार्टीको विधान च्यातेर धुजाधुजा पारे : डा शेखर कोइराला 

मोरङ: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताएका छन्। सभापति शेरबहादुर देउवाले हैकम र मनोमानीले पार्टीको बिधान समेत च्यातेर धुजाधुजा पारेको आरोप लगाएका छन् ।

डा.कोइरालाले पार्टी बिधानको कुन धारा कतिबेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउँनुपर्ने अवस्था भउको बताएका छन् ।  कोइरालाले भने जिल्ला पिच्छे फरकफरक नियम बनाएर अधिवेशन गरिएको छ। नेतृत्वमा बसेकाहरु जसरी पनी पार्टी कब्जाको अभियानमा छन ।

कांग्रेसको इतिहाँसमा आजसम्म प्रहरीको धेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै डा कोइरालाले  सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताएका छन्।

सुन्दरहरैंचा नगर मोरङको  नव निर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै  नेता डा कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साँठगाँठले लोकतन्त्र खतरामा परेको बताए। कोइरालाले लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्तलाई  कुल्चनु अत्यन्तै दुःखद भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै कांग्रेसका पुर्व आमन्त्रित केन्द्रिय सदस्य तेजप्रसाद सिटौलाले पार्टी माफियाको हातमा गएको भन्दै कांग्रेसभित्र शुद्धीकरणको आवश्यकता रहेको बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै