आईपीएल क्रिकेट : कोलकाता क्वालिफायरमा प्रवेश

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स क्वालिफायरमा प्रवेश गरेको छ ।

दुबईको सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो ।

ad

बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

कोलकाताका लागि सुबमन गिलले सर्वाधिक २९ रन जोडे । यस्तै, सुनिल नारिन र भेन्कातेस एयरले २६–२६, नितिस राना २३ तथा दिनेश कार्तिकले १० रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बैंगलोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २–२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो ।

बैंगलोरका कप्तान विराट कोहलीले सर्वाधिक ३९ रन जोडे । यस्तै देबदुत पडिकल २१, ग्लेन म्याक्सवेल १५, साहबाज अहमेद १३ तथा एबी डी भिलियर्सले ११ रन बनाए । 

कोलकाताका सुनिल नारिनले ४ विकेट तथा लक्की फर्गुसनले २ विकेट लिए ।

कोलकाताले अब दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ ।  बैंगलोर भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै