काठमाडौंः मध्य भोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा २३ लाख ९३ हजार ४२८ जनाले आवेदन दिएको छन् । 

आईपीओमा आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म उक्त आवेदकले आवेदन दिएका हुन् । उक्त आवेदकले कुल ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ४.१९ गुणाले बढी हो ।

ad

कम्पनीले असोज २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो ।निष्काशन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता  सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता  सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको थियो । 

सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने र अधिकतममा १० हजार कित्ता  सेयर खरिदका लागि आवेदन दिन सकिने प्रावधान थियो । 

रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै