दसैँमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने

काठमाडौंः नेपाल आयल निगमले दसैँको समयमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने जनाएको छ । 

दसैँको विदाको समयमा पनि पम्प र डिपो खुलै रहने निगमका प्रवक्ता विनितममणि उपाध्यायले बताए। उनले आवश्यकताअनुसार पम्प खुला रहने भएकाले अनावश्यकरूपमा पेट्रोलियम पदार्थको मौज्दात राख्नु नपर्ने बताएका छन् । 

ad

निगमले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा तत्काल निगमलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ । 

निगमले पेट्रोल, डिजेल र मट्टितेलको अभाव लगायतका समस्या देखिए पुस्कर कार्की (९८५११०७६६६) लाई र खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा समस्या देखिएमा राजु श्रेष्ठ (९८५११३८४०६) लाई सम्पर्क गर्न निगमले अनुरोध गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै