काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले आफू कांग्रेसको केन्द्रीय सदस्य भए पनि महाधिवेशनको बारेमा अनविज्ञ रहेको बताएका छन्। आज गोकर्णेश्वर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले पार्टीको १४औँ महाधिवेशन अनिश्चित बनेको बताएका हुन् ।

उनले 'मलाई कार्यकर्ताहरूले  नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका कारण  महाधिवेशन कहिले हुन्छ भनेर सोध्नुहुन्छ तर आफूलाई महाधिवेशन कहिले हुन्छ, थाहा नभएको' बताए ।

ad

नेतृत्वले दसैँपछि महाधिवेशन भनिरहेको छ, तर  कहिलेको दसैँमा गर्ने हो कुनै टुंगो नभएको थापाले बताए ।

थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सल्लाह बिना मन्त्रिपरिषद् विस्तार बताएका छन् ।  'सभापति देउवाले  विधानलाई कुल्चिएको' आरोप थापाले लगाएका  छन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै