साफ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ : साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । माल्दिभ्सको राजनधानी मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपाल फाइनलको यात्रा गर्ने तयारीका साथ मैदानमा उत्रँदै छ । 

बंगलादेशविरुद्धको खेलमा बराबरी गरे पनि नेपाललाई पहिलो पटक साफ च्याम्पियनको फाइनलमा पुग्ने ऐतिहासिक अवसर प्राप्त हुने छ । नेपालले अहिलेसम्म साफमा फाइनलको यात्रा तय गर्न सकेको छैन । 

ad

लिग चरणको अन्तिम खेलमा नेपालले फाइनलमा पुग्नका लागि कम्तिमा एक अंक जोड्नु आवश्यक हुनेछ । तर, बंगलादेश पनि नेपाललाई हराएर फाइनलमा पुग्न चाहन्छ । 

राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । यस्तोमा नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलबाट ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १–० ले पराजित भएको थियो ।

यस्तै, माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो । भारत ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

भारत र माल्दिभ्सबीच पनि आज नै प्रतिस्पर्धा हुँदै छ । दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । फाइनलका लागि माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै