थप ३६५ जनामा कोरोना संक्रमण,४ जनाको मृत्यु 

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना संक्रमण देखिएको हो।

ad

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३ हजार ८७८ पुगेको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ भने

यस्तै, पछिल्लो २४ घण्टामा ६०९ जना निको भएका छन् । हालसम्म ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१५जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३२ जना क्वारेन्टीनमा रहेका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै