साफ च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश

काठमाडौँ : नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको राजधानी मालेमा आज भएको राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा प्रवेश गरेको हो ।

साफ च्याम्पियनसिपमा नेपालको यो ऐतिहासिक सफलता हो । यसअघि नेपाल साफ फाइनलमा पुग्न सकेको थिएन । 

ad

खेलमा बंगलादेशका सुमन रेजा र नेपालका अन्जन विष्टले एक–एक गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा बंगलादेशका रेजाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८८औँ मिनेटमा नेपालका अन्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई फाइनलमा पुर्याए ।

आजको खेलमा बराबरी खेले मात्रै पनि नेपाललाई फाइनलमा स्थान बनाउने अवसर रहेको थियो ।

अब नेपालले फाइनलमा भारत र माल्दिभ्स मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । लिगको अन्तिम खेलमा आजै भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । 

फाइनल पुग्न माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन । बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

फाइनल खेल आगामी शनिबार राति हुनेछ ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै