साफ च्याम्पियनसिपपछि राजीनामा दिने अल्मुताइरीको घोषणा 

काठमाडौंः नेपाली राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने  घोषणा गरेका छन् । 

आज नेपाल र बंगलादेशबीचको खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै अल्मुताइरीले साफ च्याम्पियनसिप फुटबलको फाइनलपछि आफू नेपालमा नरहने बताएका हुन् ।

ad

अल्मुताइरीले आफूले एक महिनाअघि पदबाट राजीनामा दिइसकेको र साफ च्याम्पियनसिपपछि त्यो लागु हुने बताए ।

उनले साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएपछि समर्थक र मिडियाले आफूमाथि गरेका टिकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन्।

नेपाल माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा प्रवेश गरेको हो ।

अब नेपालले फाइनलमा भारत र माल्दिभ्स मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । लिगको अन्तिम खेलमा आजै भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । 

फाइनल पुग्न माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन । बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

फाइनल खेल आगामी शनिबार राति हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै