चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

तनहुँ : चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको हो । 

गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार उक्त रकम प्रदान गरे । दुवै निकायले राहतस्वरुप तत्कालका लागि ५०–५० हजार रुपैयाँ सहयोग गरेका हुन् । 

ad

वन कार्यालयले दश लाख राहत प्रदान गर्ने भएकोमा तत्कालका लागि ५० हजार रुपैयाँ वितरण भएकाले थप नौ लाख ५० हजार केही दिनभित्र उपलब्ध गराइने बताइएको छ । अध्यक्ष थापाले मानिसको जीवनसँग पैसाको तुलना हुन नसक्ने बताउँदै पीडितलाई सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको बताए । 

यसैबीच, विगत केही वर्षयता जिल्लामा  चितुवाको आतङ्क छ । बन्दीपुरमा बालिका आक्रमण गर्ने चितुवाले फेरि मानिसमाथि आक्रमण गर्न सक्ने भएकाले सचेत रहनका लागि साँझ तथा रातको समयमा घर गोठ उज्यालो राख्न वन कार्यालय तनहुँले आग्रह गरेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै