धनुषामा घाँटी काटेको अवस्थामा पुरुषको शव फेला

जनकपुरधामः धनुषामा एक व्यक्तिको शव भेटिएको छ । 

नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आज बिहान अन्दाजी ३५ वर्षीय पुरुषको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

ती पुरुषको गए राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको सनाखत हुन सकेको छैन । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै