भारतमा बाढीबाट १८ को मृत्यृ, दर्जनौ बेपत्ता

काठमाडौंः  भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल बर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । अरु दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । 

बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ । पहिरोमा परेर दजैनौ बेपत्ता भएका बताइएको छ ।दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । 

कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहान सम्म पनि बर्षा जारी रहेको छ ।

बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम् विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै