पतिको हत्या गरेको अभियोगमा एक नेपाली महिला अष्ट्रेलियाको जेलमा 

अष्ट्रेलियाको एक अदालतले नेपाली मूलकी महिला नुमा गौतमलाई  जेल सजाय सुनाएको छ । उनलाई आफ्नो  पतिको  हत्या गरेको  अभियोगमा  तीन वर्षको जेल सजाय सुनाएको हो ।

गौतमलाई पति सन्तोषको हत्या गरेको   अभियोग लागेको छ । अदालतले उनले आफ्नो पतिको हत्या नियोजित ढंगले नगरी  भवितब्य ढंगबाट भएको फैसला गर्दै   तीन वर्षको मात्र सजाय सुनाएको हो ।

अष्ट्रेलियाको ग्रानभिलमा २०१९ को नोभेम्बरमा भएको घटनामा आपसी झगडामा नुमाका पतिले भान्साको चक्कुले आक्रमण गर्दा  उनी घाइते बनेकी थिईन । घाइते नुमाले उक्त   चक्कु प्रहार गर्दा उनका पति सन्तोषको मृत्यु भएको अदालतले फैसलामा उल्लेख गरेको छ ।

सन् २००७ मा मागी विहे गरेका सन्तोष र नुमाका बीचमा सधै घर झगठा भइरहने नुमाले बताएकी छिन् ।  उनका पतिले सन्तोष रक्सी पिएर यौन दुर्व्यवहार गर्ने गरेको न्यायाधीश ले बताएका छन् । न्यायाधीशका अनुसार उनका पति हरेक बिहान रक्सी पिएर आउने र यौन सम्बन्धका लागि दबाब दिने गर्थे ।

पति सन्तोषले कण्डम लगाउन नमान्दा नुमा ५ पटक गर्भवती भएकी थिइन् । । ‘उनीहरुबीचको यौन सम्बन्ध पीडादायी हुने गर्थ्यो, न्यायाधीशले फैसलामा उल्लेख गरेका  छन्  ।

अष्ट्रेलियाको एक समाचार संस्था न्युज डट कमका अनुसार नुमाको  सजाय सकिएपछि नेपाल डिपोर्ट गर्ने सम्भावना छ ।  नुमा भने नेपाल फर्किन चाहेकी छैनन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै